श्रावण १० गते २०८३
01:21: PM
श्रावण १० गते २०८३
01:21: PM

असोजमा करिब छ हजारले पाथीभराको दर्शन गरे

कार्तिक २ गते २०८१
8:54 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा अस्थित प्रसिद्ध पाथीभरमा असोज महिनामा करिब छ हजार जना तिर्थयात्रीले पूजापाठ गरेका छन् । नेपालका भिन्न जिल्ला र भारतबाट समेत तीर्थयात्रीहरु पाथीभरामा पुगेर दर्शन गरेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार पाँच हजार ९४९ जना तिर्थयत्रीले पाथीभरा पुगेर पूजापाठ गरेको पुर्कुटीले जानकारी दिनुभयो ।
पूजाको मुख्य सिजनमा सडक अवरुद्धका कारणले विगतका वर्षहरुमा भन्दा तीर्थयात्रीहरुको संख्या कमी आएको हो । त्यस्तै बुधबार एक हजार ८ जना भक्तजनले मन्दिरमा दर्शन गर्नु भएको थियो । असोज महिनाकै धेरैले पूजापाठ गरेको गत मंगलबार हो । मंगलबार एक हजार ४९५ भक्तजनले पूजापाठ गरेको थियो । बाढी र पहिरोले असोज १२ गतेदेखि मेची राजमार्ग अवरुद्ध हुँदा नवरात्रिका लागि आएका भक्तजनले पाथीभरा दर्शन गर्न पाएका थिएनन् । हेँवाखोलाको बेलिब्रिज बगाएपछि ठप्प भएको राजमार्ग सञ्चालनमा आएपछि तीर्थयात्रीको आगमन पुनः बढेको हो ।
भक्तजनको संख्यामा आएको वृद्धिलाई ध्यानमा राख्दै पाथीभरा मन्दिरमा सुरक्षा, सरसफाइ, र दर्शन व्यवस्थापनमा विशेष तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । भक्तजनहरूलाई पालो पर्खन नपरोस् भनेर समिति र स्थानीय प्रशासनले व्यवस्थापन गरेका छन्, साथै शान्तिपूर्ण वातावरणमा दर्शन गर्न स्वयंसेवकहरू परिचालन गरिएको छ ।
तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा देवी एक धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो । यहाँ दशैँ, चैते दशैँलगायत अन्य विशेष पर्वमा ठूलो संख्यामा भक्तजन आउने गर्छन् । हिमालय पर्वत श्रेणीको मनोरम दृश्यावलोकन हुने यो स्थल पर्यटक र तीर्थयात्री दुवैको लागि आकर्षणको केन्द्र बनेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo