श्रावण ९ गते २०८३
04:49: PM
श्रावण ९ गते २०८३
04:49: PM

तेजप्रसाद सिटौला ताप्लेजुङ(झापा सरोकार समाजको अध्यक्ष चयन

असाेज १९ गते २०८१
6:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ, जसले तेजप्रसाद सिटौलालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा देवीप्रसाद खरेल, तारा कार्की, र तारा चापागाईं, सचिवमा विष्णुप्रसाद चापागाईं, सहसचिवमा प्रकाश भट्टराई, र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएका छन्। निर्वाचन समितिका संयोजक रुद्र सिटौलाका अनुसार १९ सदस्यीय नगर समितिमा केही सदस्यहरूलाई आगामी बैठकमा मनोनयन गरिनेछ।

समितिको नयाँ नेतृत्व चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो, जसमा रेजिना गौतम र लक्ष्मी खरेल सदस्य रहेका थिए। अधिवेशनको उद्घाटन बिर्तामोड वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले दिप प्रज्वलन गरेर गरेका थिए। अध्यक्ष सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन क्रमशः अध्यक्ष सिटौला र कोषाध्यक्ष पुष्पा प्रसाईंले प्रस्तुत गरेका थिए, जुन सर्वसम्मत रूपमा पारित भएको थियो।

कार्यक्रमको विशेष आकर्षण भने दिलेन्द्र खड्कालाई नगद १६ हजार सहयोग प्रदान गरिएको क्षण रह्यो, जसले औषधोपचारमा आर्थिक समस्या भोगिरहेका छन्। प्रमुख अतिथि रोहित प्रसाईंले आफ्नो जन्मदिनको अवसरमा समाजको अक्षयकोषमा २१ हजार नगद सहयोग गर्ने घोषणा गरे, समाजको भावनात्मक एकतालाई मजबुत बनाउन मद्दत पुगोस् भन्ने उद्देश्यले उनले यो सहयोग घोषणा गरेको बताए।

अधिवेशनमा झापाका अध्यक्ष होमप्रसाद काफ्ले, सल्लाहकार लक्ष्मीप्रसाद खरेल, रेजिना गौतम, र अन्य वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा ८१ वर्षीय अग्नीप्रसाद खतिवडा र ७३ वर्षीय रेनुका सिटौला उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo