श्रावण १० गते २०८३
09:40: AM
श्रावण १० गते २०८३
09:40: AM

ताप्लेजुङमा उच्च सतर्कता अपनाउन अनुरोध

असाेज १६ गते २०८१
7:34 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन स्थानीयबासीहरूलाई अनुरोध गरेको छ। ऊर्जा तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १६ गते दिउँसोदेखि असोज १७ गते राति पूर्वी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी प्राप्त भएको छ।
पछिल्लो समयको निरन्तर वर्षाका कारण जिल्लामा विभिन्न स्थानका भूभाग कमजोर भएको र नदी किनारका बस्तीहरूमा पहिरोको जोखिम बढेकोले स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिइएको छ। विशेषतः कुनौरे खोला, लुम्बा सुम्बा क्षेत्र, तथा अन्य पहाडी क्षेत्रमा जोखिमको अवस्था उच्च रहेको हुँदा त्यहाँ यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।ताप्लेजुङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू, यातायात व्यवस्थापक, ट्राफिक प्रहरी, सवारी साधन चालकहरू, तथा पैदल यात्रुलाई विशेष सावधानी अपनाउन भनिएको छ। सम्भावित जोखिमबाट सुरक्षित रहन जिल्ला प्रशासनले सबै तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo