श्रावण १० गते २०८३
02:02: PM
श्रावण १० गते २०८३
02:02: PM

आईएमई लाईफद्वारा बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण

श्रावण २९ गते २०८१
9:07 pm
Author Avatar
फक्ताङलुङ दर्पण

आईएमई लाईफ इन्स्योरेन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—२ खेजेनिममा बाढीपहिरोबाट प्रभावित बालबालिकाहरूलाई लत्ता कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।
आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर बाढीपहिरोबाट पूर्ण रूपमा प्रभावित बालबालिकाहरूलाई अध्ययन निरन्तरता दिन प्रोत्साहन गर्न आवश्यक शैक्षिक सामाग्री वितरण गरेको आईएमई लाईफ इन्सोरेन्सले ताप्लेजुङले जनाएको छ । फक्ताङलुङ गाउँपालिका—२ खेजेनिम, तिङ्दो, सिबु र खेजेनिम माध्यमिक विद्यालय वरपरका १६ जना बालबालिकालाई लत्ता कपडा र शैक्षिक सामग्री प्रदान गरिएको हो।
शाखा प्रमुख सूर्य गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत खेजेनिम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा राहत सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र चौलागाईँ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सन्जय सुब्बा लिम्बूसहित अभिभावक, शिक्षक, विद्यार्थी, र कम्पनीका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको दौरान बीमा सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको थियो। शाखा प्रमुख सूर्य गुरुङले यस किसिमको सामाजिक उत्तरदायित्वले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo