गत बिहिबार युकेमा रहेका नेपालीहरुको कथा संकलन गर्न आईपुगेका हेर्ने कथा टिम विश्व नेपाली साहित्य महासङ्घ युके दक्षिणपूर्वी शाखाले आयोजना गरेको ५ औं सृर्जना वाचन श्रृंखला कार्यक्रममा सहभागी हुन युके पुग्नुभएको थियो । सृजना वाचन कार्यक्रममा हेर्ने कथा टिमका विद्या चापागाई, कमल कुमार लगायत युकेमै रहदै आएका १६ स्रष्टाहरुले आफ्नो सिर्जना पस्केका थिए ।
केही बर्ष अघिसम्म फोनै गर्नुपर्ने बाँध्यता थियो, जुन महंगो थियो त्यो बेला बिदेशमा रहेकाले घरपरिवारलाई सम्झन मिसकल मात्र गर्थे र मिसकल देख्नेले सम्झियो भनेर चित्त बुझाउने उ बेलाको स्थितिलाई चित्रण गरिएको कमल कुमारको मिसकल शिर्षकको कविता र चापागाईको सपनाको आत्माहत्या शिर्षकलाई अत्यधिक रूचाईएका थिए ।
सिर्जना वाचन गर्ने स्रष्टाहरु क्रमशः कवि किरण चाम्लिङ, सुनिल संगम, नरेशविक्रम नेम्बाङ, विजय हितान, गणेश इजम, सर्वधन राई, विश्वास दीप तिगेला, सिता पुन, प्रकाश चोङवाङ, लक्ष्मी प्रसाद तुम्बाहाम्फे, शिखर लिम्बु, लगायतले कविता आ(आफ्नो कविता वाचन गरेका थिए भने सिक्कुम ज्ञानु फुरुम्बो चरपेले लिम्बु भाषाबाट बाचन गरेका थिए, गणेश पुनले आफ्नो स्वरमा गीत प्रस्तुत गरेका थिए ।
कबिता बाचन सहित किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखाले केलाङ प्रस्तुत गरिएको थियो भने किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युकेबाट माङलाङ केलाङ प्रस्तुत गरेको थियो । आस्फोड केन्टका केलाङ प्रशिक्षक शेखर लिम्बुले सिलाम साक्माद्वारा हेर्ने कथाका टिमलाई सम्मान गरेका थिए
कार्यक्रममा स्रष्टाले आफ्नो नाम, वाचन गर्ने आफ्नो रचनाको शिर्षक र रचना बाचन मात्र गर्ने अनुमति थियो । सम्बोधन गर्न निषेध गरिनुले समय बचत हुनुको साथै रोचकतापूर्वक कार्यक्रम अगाडी बढेको थियो ।
साँझ सगरमाथा गोर्खा नेपलिज समाज आसफोर्डको सभाहलमा सम्पन्न सिर्जना वाचनको ५ औं श्रृखंला अन्तरर्गतको कार्यक्रमलाई विश्व नेपाली साहित्य महासंघ युके, साउथ ईष्ट शाखाको कार्य बाहक अध्यक्ष सर्वधन राईले सभापतित्व गरेका थिए भने विश्वास दीप तिगेलाले संचालन गरेका थिए कार्यक्रमको अन्तमा शुभेच्छुकहरूले हेर्ने कथाका टिमलाई सम्मान सहित मायाको चिनो समेत प्रदान गरेका थिए
हेर्नेकथा नामक लोकप्रिय टेलिभिजन युट्युव च्यानल हो । बृट्रिस मिडिया एक्सनद्वारा प्रायोजित हुने पूर्व साझा सवालकी संचालिका विद्या चापागाईको मुख्य प्रस्तुती रहने एक विश्वासिलो कार्यक्रम हो । हेर्नेकथा द्वारा उत्पादित भिडियोहरू मिलियन मिलियनले हेर्ने गरेका छन । यसको युट्युव र फेसबुकमा मिलियन भन्दा बढी सस्क्राईवर रहेका छन ।