श्रावण १० गते २०८३
11:43: AM
श्रावण १० गते २०८३
11:43: AM

सिसेक्पा तङनामाको अवसरमा युकेमा मुक्कुमलुङको चर्चा

असार ३२ गते २०८१
5:47 pm
Author Avatar
फक्ताङलुङ दर्पण


सिक्कुम ज्ञानु फुरुम्बो चरपे
/युके
लिम्बुवान नागरिक समाज युकेले याक्थुङ लिम्बुहरुको धार्मिक, मुन्धुमि स्थल पबित्र भुमि माङगेन्ना चोत्लुङ मुक्कुमलुङको गतिबिधीको बारेमा ब्यानरमा तस्विर राखेर सबैलाई जानकारी गराएका छन ।
१३ जुलाई २०२४ गतेका दिन किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजना गरिएको मौलिक पर्ब सिसेक्पा तङनाम कार्यक्रमको अवसरमा मुक्कुमलुङ कोक्मा पहाड अंकित ब्यानर राखिएको हो ।


बिगत लामो समय देखि याक्थुङहरुको मुन्धुमी स्थल मुक्कुमलुङलाई अतिक्रमण गर्न खोजिदै छ बिकासको नाममा केवलकार निमार्ण गरेर त्यहाँका प्रकृतिक सुन्दरता र मुक्कुमलुङको पबित्र अस्तित्व र पर्यावरणलाई नष्ट गर्नुका साथै आदिमकाल देखि बसोबास गर्दै आएका रैथाने याक्थुङहरुको चोत्लुङ मुन्धुमी स्थल मुक्कुमलुङलाई नष्ट गर्न लागि परेको र यस कार्यलाई रोक्न याक्थुङ लिम्बू लगायत मुक्कुमलुङ प्रति आस्थावान भक्तजनहरुको आस्थालाई पबित्र,स्वच्छ राख्न र मुक्कुमलुङलाई संरक्षण गर्न स्थानिय याक्थुङ लिम्बु सरोकारवालाहरु लागिपरेका छन । यो अवस्थामा हामी याक्थुङ लिम्बुहरु बिश्वको जुन सुकै कुनामा बसे पनि हाम्रो साझा पहिचान,अस्तित्वसंग जोडिएको मुद्वा र थाकथलोलाई सरक्षण गर्नु पर्छ भने मनसायले यो ब्यानर निमार्ण गरेको हो र यो ब्यानरमा राखिएका फोटोलाई देखाउनदै युकेमा बसोबास गर्ने याक्थुङ वा गैर याक्थुङहरुलाई मुक्कुमलुङमा हाल भईरहेको आन्दोलनको बारेमा बुझाउने हेतुले मुक्कुमलुङसंग सम्बन्धीत ब्यानर राखिएको लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम बताउनु हुन्छ ।
लिम्बुवान नागरिक समाज युके भनेको एक स्वतन्त्र अर्ध राजनितिक समाजिक संस्था हो तर पहिचान र अस्तित्वका लागि भने सधै तरवार झै धारिलो रहनेछ । आफ्ना भुमि थाकथलो,पहिचान संरक्षणका लागि हरेक कोणबाट तयार रहन्छ पछि हटने छैन ।त्यसैले मुक्कुमलुङ अनादिकाल देखि याक्थुङ लिम्बुहरुको मुन्धुम इतिहाससंग सम्बन्धीत सरोकार रहेको हुन्दा लिम्बुवान नगरिक समाज युकेले आन्दोलनको सुरुवाती देखि बिज्ञप्ती निकालेर आपती जनाउदै आएको छ र आज सिसेक्पा तङनामको अवसर पारेर यो बिषयमा सबै याक्थुङहरुलाई बोध होस भनी ब्यानर सहित कार्यक्रम गरिएको संस्थाका सचिव लाहाङ चेम्जोङले भन्नू भयो ।
यसै गरि मुक्कुमलुङ आन्दोलन विश्वमा छरिएर बसेका याक्थुङ लिम्बुहरुको साझा आन्दोलन हो यसलाई सबै मिलेर संरक्षण गर्नु पर्छ । कुनै हालतमा पनि दुई चार जना स्वार्थि पापीहरुको स्वार्थ पूरा गर्न त्यो याक्थुङ माङगेन्न चोत्लुङ पवित्र भुमि मुक्कुमलुङलाई अपवित्र बनाउन दिनु हुन । त्यहा केवलकारको नाममा स्थानीय बासीहरुलाई दिउसै सुताएर दलालहरु लागेका छन । यो कुरामा स्थानीय लगायत संसारको कुना कुनामा बस्ने सबैले मुक्कुमलुङलाई सुरक्षा गर्न एक आवाज लिएर उठ्नु पर्छ भन्नू हुन्छ लिम्बुवान नागरिक समाज युकेका संस्थापक सल्लाहकार तथा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय सल्लाहकार दिल सम्बाहाङफे ।
मुक्कुमलुङ आन्दोलन पहिचान,अस्तित्वको आन्दोलन हो । स्थानीय सरोकारवाला,अधिकारवालाहरुले बिगत समय देखि मुक्कुमलुङ संरक्षणका लागि हरेक किसिमको आन्दोलन गर्दै आएका छन । मुक्कुमलुङ प्रोटेक्टका लागि किरात याक्थुङ चुम्लुङ,कोशी नाम खारेजी संयुक्त संघर्ष समिति,किरात धर्म साहित्य उत्थान संघ,मुक्कुमलुङ केवलकार खारेजी संयुक्त समिति,मुक्कुमलुङ संयुक्त संघर्ष समिति,युमा सम्यो महासभा, याक्थुङ थरगत सहजीकरण, मुक्कुमलुङ ताङसेप चुम्भो लगायत समाजीक संघ,सस्थाहरले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo