ताप्लेजुङको पाथीभरा याङवरकमा सर्पको टोकाईबाट एक युवक घाईते भएका छन् । घाइते हुनेमा पाथीभरा याङवरक गाउँपालिका—१ नाङखोल्याङ गाउँ बस्ने ३१ वर्षकी रिना राईलाई विषालु सर्पको टोकाईबाट घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार राईलाई घर छेउको बारीमा आईतबार दिउँसो घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातको बुढि औलामा टोकेको थियो । घाईते राईको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि सर्प दंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङ्गेलीले बताउनुभयो । जिल्लामा सर्प दंश उपचार केन्द्र नहुँदा सर्पले टोकेका बिरामीलाई उपचारका लागि झापा पठाउदै आएका छन् ।…