जेठ २३ गते २०८३
10:35: PM
जेठ २३ गते २०८३
10:35: PM

युकेमा सिसेक्पा तङनाम मनाउँदै

असार २८ गते २०८१
5:11 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे/युके
किरात याक्थुङ चुम्लुङ बेलायतको आयोजनमा बिगत बर्ष झै यो बर्ष आउँदो १३ जुन अर्थत शनिवारका दिन किरात याक्थुङ लिम्बुहरुको मौंलिक पर्व सिसेक्पा तङनाम कार्यक्रम भब्य रुपमा आयोजना हुने भएको छ । उक्त सिसेक्पा तङनाम किरात याक्थुङ चुम्लुङ युकेको निजी जग्गा मेडिस्टोनमा रहेको चुम्लुङदेनमा विभिन्न कार्यक्रम सहित आयोजना हुन लागेको हो ।
मेडिस्टोन बोरोकाउन्सिलका मेयर जोन पेरीको प्रमुख आतिथ्य तथा बिभिन्न समामाजीक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने उक्त सिसेक्पा तङनाम कार्यक्रममा याक्थुङ लिम्बुहरुको मौलिक परम्पराका सास्कृतिक र परिचय सहित तङनाम संचालन हुने आयोजकले जनाएको छ । विगतमा भन्दा सिसेक्पा तङनालाई फरक तरिकाले मनाउने तयारी भइरहेको छ । तङनामलाई रोचक बनाउन चर्चित नेपाली राष्ट्रिय कलाकार गायक राजेश पायल राई (राई इज किङ) साथमा गायिका सुनिता थेगीम,तारा लक्सम साथै लिम्बू भाषा पालाम गायक जीवन केदेमहरुको उपस्थितिमा बेजोड संगीतक प्रस्तुती हुने साथै यो वर्ष देखि ऐतिहाक खेल पङलुङ (छेलो) समेत खेलाउने किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबो बताउनुभयो ।
सिसेक्पा तङनामको अवसरमा किरात याक्थुङ युकेलाई लामो समय देखि विभिन्न क्षेत्र,कोणबाट तन,मन,धन,बुद्वि,बिवेकले महत्वपूर्ण सहयोग दिनु हुने ब्यक्तित्वहरुलाई चुम्लुङद्वारा विभिन्न बिधालाई छनौट गरि पुरुस्कृत गर्ने साथै अन्य क्षेत्र र विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने र उत्कृष्ट काम गरेर अगाडि बडनेहरुलाई समेतलाई प्रशंसा पत्र र पुरुस्कारद्वारा सम्मान गर्ने कार्यक्रम रहेको चुम्लुङका महासचिव जुरेन्द्र खजुमले बताउनुभयो ।
उहाँका अनुसार याक्थुङ लिम्बुहरुको मौलिक सांस्कृतिकलाई जोगाउन र संरक्षण,सम्बर्द्वन गर्न र आउदो याक्थुङ पुस्ताहरु याक्थुङ लिम्बुहरुको सांस्कृतिक,भाषा,लिपीलाई चिनाउदै हस्तातरण गर्ने उदेश्यले किरात याक्थुङ चुम्लुङ युकेको हो । विभिन्न शाखाहरुबाट केलाङ,यालाङ,र पालाम प्रतियोगीता गराएर उत्कृष्ट केलाङ,यालाङ देखाउने प्रस्तुत गर्नेहरुलाई पुरुस्कृ र सम्मान समेत गरिने चुम्लुङले जनाएको छ ।
किरात याक्थुङ चुम्लुङ बेलायतले लामो समय देखि सिसेक्पा तङनाम हरेक बर्ष भब्य सभ्य रुपमा मनाउदै आईरहेको छ । यस सिसेक्पा तङनाममा युके भरि छरिएर बसोबास गर्ने याक्थुङ लिम्बुहरुको हजार भन्दा माथी याक्थुङ साथै गैर याक्थुङहरु समेतको उपस्थित हुने छ । बर्ष भरी भेटघाट नभएका आफ्त साथी भाइ नातागोताहरुसंग भेटेर एक आपसमा खुशी साटा—साट गर्ने दुःख सुखका कुरा गर्ने , आफ्ना मौलिक भेषभुषामा सजिएर, याक्थुङहरुको मौलिक हुक्वा परिकार खान्दै पालाम,हाक्पारे,केलाङ,माङलाङ,यालाङ,येवा साम्बालाङ नाचेर सिसेक्पा तङनाम कार्यक्रम भब्य तरिकाले मनाईन लागेको आयोजकले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo