भाद्र २७ गते २०८३
01:36: AM
भाद्र २७ गते २०८३
01:36: AM

ट्याक्टर चोरी गर्ने एक युवा पक्राउ

असार २७ गते २०८१
6:40 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा ट्याक्टर चोरी गर्ने एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका—८ बस्ने २१ वर्षका प्रकाश मगरलाई प्रहरीले पक्राउ गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्लेजुङको मेरिङदेन गाउँपालिका—३ दोभान बजार बस्ने ५२ वर्षका जय प्रसाद भट्टराईले चलाउँदै आएको ट्याक्टर घरमा पार्कीङ गरेर राखेको अबस्थामा असार २२ गते चोरी भएको थियो । प्रहरीले ट्याटर चोरी भएको सूचना पाए पछि खोजी कार्य गर्ने क्रममा फुङ्लिङ नगरपालिका—१० बैदारे स्थित मगरले ट्याक्टर चलाउँदै गरेको अबस्थामा प्रहरीले भेटिए पछि पक्राउँ गर्ने क्रममा हामफालेर फरार भएको मगर मंगलबार जिल्ला प्रहरी कार्यालयले खोजी कार्य गर्ने गर्नेक्रमा आप्mनै घरमा लुकीछीपी बसेको अबस्थामा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङगेलीले बताउनुभयो । लुङगेलीका अनुसार मगरलाई अपराध संहिता २०७४ को दफा १४(३) बमोजिम सात दिनको मध्याद थप गरी हिरासतमा राखिएर अनुसन्धान भएइरहेको प्रहरीले जनाएको छ ।…
—दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo