सिक्कुम ज्ञनु फुरुम्बो चरपे/युके किरात याक्थुङ पतङवा सयङ युकेको ९ ओैं बार्षिक संयङ भेला गत शनिबार आस्फोर्ड केन्टमा रहेको फ्रन्सिस सभाहलमा भएको थियो । किरात याक्थुङबा पतङवा संयङका अध्यक्ष निर्मल पतङवाको अध्यक्षतामा भएको ९ ओैं बार्षिक भेला कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय उपाध्यक्ष अमृता पालुङवा लगायत अथितिहरुको उपस्थिति रहेको थियो कार्यक्रमको प्रारम्भमा सयङ भित्रका बिताका आफ्न्तहरुको नाममा एक मिनेट माउन धारण गरिएको थियो भने । उक्त बार्षिक सयङ भेलामा युके भरिबाट कार्यक्रममा सहभागी भएका पतङवा संयङहरलाई किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष अमृता पालुङवाले शुभकामना दिएका थिए । साथमा किरात याक्थुङ पतङवा सयङका कोषध्यक्ष विश्व पतङवाले प्रतिबेदन प्रस्तुत गर्ने क्रममा नेपालमा रहेको सयङ संस्थालाई पनि निरन्तर सहयोग गर्दै आएको र हरेक समस्या पर्ने विभिन्न रोगबाट ग्रसित भएका बिरामीहरुलाई पनि यस पतङवा संयङ युकेले साथ सहयोग गर्दै आएको बताएका थिए । सयङका सल्लाहकार बिजय पतङवाले केही गल्ती कमजोरीलाई आउदो दिनहरुमा सुधार गर्दै जानू पर्ने शुभकामना सहित राखेका थिए । वार्षिक भेलाको मुख्य लक्ष्य भनेकै बेलायतको विभिन्न स्थानमा बसोबास गर्दै आएको पतङवा दाजुभाई साथै चेलीबेटी भाना,भाञ्जा, ज्वाई,चेलाहरुलाई निमन्त्रणा गरेर भेटघाट गर्ने र एक आपसमा सुखदखका कुरा आदाप्रदान गर्ने साथै युकेको समय अति नै ब्यस्त भएको कारणले दाजुभाई भेटघाट हुन कठिनाइ हुने भएकोले भेटघाट गर्नका लागि नै बर्षको एक पल्ट सयङ बार्षिक भेला आयोजना गरिएको हो र आउदो दिन सुधार्नु पर्ने कुराहरु सबैको राय लिएर अगाडि बडने भन्दै कार्यक्रममा उपस्थित अतिथि लगायत भेलामा सहभागी सबैलाई शुभकामना दिन्दै संयोजक निर्मल पतङवाले कार्यक्रम बिर्सजन गर्नु भएको थियो ।भने कार्यक्रम सयङ सचिव उत्तर पतङवाले सञ्चालन गर्नु भएको थियो ।