श्रावण ९ गते २०८३
09:05: PM
श्रावण ९ गते २०८३
09:05: PM

आज देखि पाथीभरा क्षत्रेमा वृक्षारोपण गरिदै

जेठ ३१ गते २०८१
9:36 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा(मुकुम्लुङ) क्षेत्रमा आज देखि वृक्षारोपण अभियान सुरु गर्ने भएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको वृक्षारोपण गर्न लागेको हो ।
गुराका प्राजाती, धुपी, चिमल, रौट सालहा, चाप लगायता बिरुवरुवाको वृक्षाणरोपण गर्ने तयारी भएको समितिले जनाएको छ । वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरीमार्फहरुबाट विरुवार खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षारोपणको अभियान थलेको केलबार निर्माण खारेजी संघष समिति संयोजक खगेन्द्र फेम्बूले बताउँनुभयो । उहाँले भन्नुयो“आज सेवा पूजा सहित वृहत्त वृक्षारोपण गर्ने अभियान सुरु गर्ने छौं । आज देखि सुरु हुने अभिया आसार १५ गते सम्म वृक्षारोपणको अभियान सञ्चालन गर्न निर्णय गरेका छौ । सोही अनुसार अभियान चल्ने छ ।”
पाथीभरा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरिएको थियो । राष्ट्रिय फुल गुराँ कटान गरेको भन्दै समितिले विरोध गरेको थियो । कटान गएको क्षेत्रहरुमा वृक्षारोपणको अभियान सञ्चालन गर्ने फेम्बूले बताउनुभयो । विगत चार वर्ष अगाडी पाथीभरा क्षेत्रमा आगलागी भएको थियो । उक्त आगलागीबाट नष्ट भएको बन जंगल अझै बोट बिरुवा हुर्कन सकेको छैन । त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने समितिले जनाएको छ । वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि त्यस्तै जिम्मेवार हुने समितिले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo