ज्ञानु फुरुम्बो लिम्बु चरपे/ बेलायत नेपाल , भाषा, धर्म र संस्कृतिकले धनी राष्ट्रय हो । तर पछिल्लोसमयमा पश्चिमेली संस्कतिले हाम्रा मौलिक संस्कृतिहरु ओझेलमा पर्दै गएको भन्दै आफ्नो मौलिक संस्कृति तथा पहिचानको संरक्षण गर्न युकेमा बसोबास गर्ने किरात राईहरुले उभौलि साकेला (साक्खेवा) मनाएको छ ।
किरात राई समुदायहरुले परम्परा देखि आफ्ना मौलिक संस्कृतिकको रुपमा उभौलि साकेला (साक्खेवा) सेवा पर्वलाई विभिन्न कार्यक्रम सहित आयोजना गरेको छ । गत २५ मेका दिन किरात राई यायोक्खा युकेले महान पर्व साकेला उभौली सेवा साकेला आफ्ना मौलिक सास्कृतिक सहित मानेको यायक्खा बेलायत संघिय परिषदका अध्यक्ष चन्द्र बहादुर राईले बताउनुभयो । अध्यक्ष राइका अनुसार युकेमा सन २००४ सालमा किरात राई यायोख्खाको स्थापना भए देखि प्रत्येक बर्ष बुद्ध पुर्णिामा दिनलाई मध्य नजर गर्दै किरात राई हाउस ग्याम्बर्लेनमा भब्य रुपमा कार्यक्रमहरु संचालन गर्दै आएका छन ।
किरात राईहरुले पुजा सेवाका साथ साखेवा भुमे शीलामा पुजा गरिन्छ र कुनै पनि प्रकृतिक प्रकोप, दैवी प्रकोप नलागोस देव डण्ड राज डण्ड दुख,पीडा भकमरी, असान्ति हिंसा नहोस सबैको कल्याण होस भनी सेवा प्रार्थना गर्दै सुम्निमा र पारुहाङ संग वर माग्दै आशिर्वाद लिदै थानमा बिधिवत मौलिक पुजा हुने गरेको आयोजक समितिको भनाई छ । कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष सुमन चन्द्र राईको स्वागत मन्तव्य पश्चात क्रमस प्रमुख अथिति लगायत अथितिहरुले उभौली साकेला पर्बको शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य संगसगै भाषिक सस्था र समुदायहरुको सिलि, स्थानीय समन्वय परिषद्हरुको सिलि,किरातहरुको सीलीहरु मध्यमा केही सीलीहरुको प्रदर्शन,प्रस्तुत गरिएको आयोजकले जनाएको छ । किरात राईहरुमा भाषामा विविधता हुनुको साथै लोपोन्मुख भाषाको खोजीकार्य भएको र किरातीहरुलाई एकताको सुत्रमा बाध्ने भनेको साकेला नाच अन्य पर्वहरु भएको यसको संरक्षण गर्न आवश्यक रहेको उपस्तिहरको भनाइरहेको छ । बेलायतमा मात्र नभएर संसार भरी रहनु भएका सम्पुर्ण किराती पुस्ताहरु सम्म एकबद्द भएर अगाडि बढन सन्देश दिदै सुङ्निबमा पारुहाङ्ले सबैको रक्षा गरून् भने नारा सहित यो कार्यक्रम आयोजना गरएको संस्थाका महासचिव चन्द्रवती राईले बताउँनुभयो । प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर एमबिई ( गिल्फोर्ड बोरो काउन्सिलर मेयर) अतिथिहरु मेडम् मेयरेस् मारा माकुनुरा (रश्मोर बोरो काउन्सिलर मेयर) मेडम् मेयरेस् अबेना अकुफो केली ( फोक्सटन टावर मेयर) प्रेम गाहा मगर ( गैर आवासीय नेपाली संघका अध्यक्ष ) सस्थाका अध्यक्ष चन्द्र बहादुर समेत उपस्थित हुनुभएको थियो । सर्रे पुलिस चिफ इन्पेक्टर देव मिचेल, मेयरहरु, लोकल काउन्सिलरहरु जीव बेल्बासे, नेम थापा, पुर्व काउन्सिलर चित्र बहादुर राना, सगरमाथा आरोही हरि बुढामगर, बिबिसी १०० मा प्रभावशाली महिलामा परेकी सपना रोका समेत सहभागिता जनाउनुभएको थियो । किरात याक्थुग चुम्लुंग युकेका अध्यक्ष नरबीर आग्बो, संघ सस्थाका अध्यक्ष प्रतिनिधिहरु, पत्रकारहरु बि एफ बिएस युके बाट योगराज राई, वी नेपालीका नरेश खपाङी मगर, लन्डन नेपालबाट शिव भन्डारी,प्रकाश कडेल, नेपाली समाचारका विश्वास दीप तिगेला, गोमा राना, शिटल पाटी न्युजका बाचस्पति रेग्मी, एभरेष्ट टाईम्सका नगेन्द्र नेम्बाङलन्डन काठमाडौं न्युज फोनिज युकेका अध्यक्ष बम सुर्यबंशी मगर, नेपाल लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।