मेची राजमार्गमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु एक घाइते
Phaktanglung Darpan
जेठ ११ गते २०८१
9:45 pm
फक्ताङलुङ दर्पण
मेचीराजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ—७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना हुँदा सवारी मुत्यु भएको भएने एक घाइते भएको छ । मृत्य हुनेमा सवारी चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको त्रिशक्ति कन्ट्रसनको बा १७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोएटा करीब सडकबाट ३० मिटर मुनी खसेर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुई जना सवार ट्याक्सी दुर्घटना हुँदा चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षिय लक्ष्मण मुखियालाइ थप उपचारको लागी झापा रेफर गरीएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।