पहिचानको आन्दोलन नेतृत्व गर्न राजनीति दल दर्ताको तयारी
Phaktanglung Darpan
जेठ १० गते २०८१
9:35 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङ; पहिचानको आन्दोलनलाई नेतृत्व गर्न नयाँ राजनीतिक दल दर्ता गर्न तयारीमा लागेका छन् । अहिलको राजनीतिक दलबाट पहिचानको आन्दोलन सफल हुने सम्भव नभएको भन्दै नयाँ राजनीतिक दल दर्ता गर्न पहिचानवादीहरु जुडेका हुन । पहिचानवादी शक्तिहरूको देशव्यापी ध्रुवीकरणका लागि पहिचानवादी मोर्चाले सहजीकरण गर्ने संयोजक प्रा.डा. महेन्द्र लाओतीले जनाएका छन् । राजनीतिक स्थिरता ल्याउन र लामो समयदेखि चलिरहेको पहिचानको आन्दोलनलाई निष्कर्षमा पु¥याउन नयाँ दलको आवश्यता परेको लाओतीले बताउनुभयो । सबै पहिचानवादी शक्तिलाई एक ठाउँमा ल्याउन र पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्यान आजको आवश्यता भएको बताउनुभयो । बिहीबार ताप्लेजुङको सदरमुकाम पत्रकार सम्मेलन गर्दै एकलजातीय राज्यलाई बहुजातीय र समावेशी राज्यमा रुपान्तरण गर्न मोर्चाले काम गर्ने लाओतीले बताएका हुन । उहाँका अनुसार राज्यको राजनीतिक चरित्र बहुसाँस्कृतिकवाद र समाजवादी रहने जनाए । ‘बहुसाँस्कृतिकवादअन्तर्गत स्वायत्तता र स्वशासनको अधिकार, साँस्कृतिक र जातीय अधिकार, समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ । गत बैशाख १५ गते भएको इलाम–२ उपनिर्वाचनको परिणामलाई आत्मसात् गर्दै परिष्कृत मोडल अवलम्बन गरेर नयाँ दल दर्ता गर्ने योजना बनेको पहिचानवादीहरुले बताएका छन् । आगमी ०८४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा व्यापक सिट जित्ने दाबी अहिलेनै तयारीमा जुडेको समेत लाओतीले बताउनुभयो । राजनीति दल र मोर्चा दुवै समानान्तर रूपमा बढ्ने भन्दै शक्तिको नाम, चिन्ह लगायत पदीय जिम्मेवारी बाँडफाँड छलफलका आधारमा गरिने बताउनुभयो । उहाँले मोर्चा देशव्यापी रूपमा मात्रै प्रदेश स्तर र जिल्लास्तरमा पनि गठन गरिने बताउनुभयो ।