भाद्र २६ गते २०८३
10:00: PM
भाद्र २६ गते २०८३
10:00: PM

मुक्कुमलुङ संरक्षणमा जुड्दै विश्वका पहिचानवादीहरु

जेठ ९ गते २०८१
10:37 am
Author Avatar
फक्ताङलुङ दर्पण
ज्ञनु फुरुम्बू(चरेपे)/बेलायत
ताप्लेजुङको धार्मिक स्थल मुुक्कुमलुङ अतिक्रमण रोक्न विश्वमा छरिएर रहेका पहिचानवादीहरु जुड्न थलेका छन् । मुक्कुमलुङको मौलिक अस्तित्व जोगाउँनका लागि अहिले विभिनन क्षेत्रमा रहेका पहिचानवादीहरु जड्न थालेका हो
गत साता केवलकार निमार्णकर्ताहरुले चोरी दौउमा हजारौ रख कटान गरिएको थियो । यस विषयलाई पहिजानवादीहरुले दुखद घटनाको रुपमा लिएको छ । विश्व भर छरिएर बसेका आदिवासी याक्थुङबा लिम्बु लगायत मुक्कुमलुङ प्रति आस्थाँ बिश्वास राख्नेहरुको ध्यान आकर्षण भएको लिम्बुवान नागरिक समाज बेलायतका अध्यक्ष छत्र वनेमले बताउनुभयो ।
गत १९ मे २०२४ गतेका दिन लिम्बुवान नागरिक समाज बेलायतको पहलमा आदिवासी रैथाने याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थल मुक्कुमलुङमा भईरहेको अतिक्रमणलाई मध्यनजर गर्दै विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई भेला गराएर मुक्कुमलुङमा भईरहेको दुखद घटनाको बारेमा गहन छलफल समेत गरेको वनेमले बताउनुभयो ।
मुक्कुमलुङ हजारौ बर्ष देखि बसोबास गर्दै आएका आदिम रैथाने याक्थुङ लिम्बुहरुको ऐतिहासिक, धार्मिक,सास्कृतिक, पबित्र पावन भुमि रहेकाले सयसको संरक्षण जुटनु पर्ने जोड दिनुभएको थियो । मुक्कुमलुङमा भइरहेको अतिक्रमण हुनबाट रोक्न पर्छ, प्राकृतिक स्वरुपलाई बचाउन जस्तो सुकै कदम चाल्न पछि पर्न नहुने किरात याक्थुङ चुम्लुङ आस्फोर्ड केन्टका अध्यक्ष सुदिप थोप्रा बताउनुभयो ।
स्थलगत आन्दोलनमा होमिएर मुक्कुमलुङ संरक्षणका लागि दिन रात खटिने योद्वाहरुलाई हरेक कोणबाट हामी सहयोग गर्नु पर्ने जोड दिनुभएको थियो । संसारमा छरिएर बसेका याक्थुङ लिम्बुहरुको चोत्लुङ भएकाले विभिन्न धर्म आस्थाँमा बिश्वास राख्नेहरुको पनि पवित्र धार्मिक,आस्थाको पावन,पुण्य भुमि भएकाले मुक्कुमलुङको मौलिक अस्तित्व संरक्षण गर्न सबैको जिम्मेवार भएको किरात धर्म तथा साहित्य उत्थान संघका राष्ट्रिय समिति बेलायतका उपाध्यक्ष केवाहाङ चेम्जोङले भनाइरहेको छ । उहाँ ले भन्नुभयो “त्यहा भ्रष्टचारी,खुसखोरी भुमाफियाहरुको टुटिखेल होईन चन्द्र ढकालको ब्यापारिक केन्द्र पनि होईन,त्यहा जे गर्नु पर्छ स्थानीय अधिकारवाला,सरोकावालाहरुको निर्णयद्वारा गर्ने छन ।”
आफ्ना हकहित अधिकार,थाकथलो,देखि लिएर जति पनि अतिक्रमण भएका अप्रभंष भएका धार्मिक स्थल देखि लिएर ठाउँ गाउको नामहरु पुन स्थापना गर्नु पर्छ पछि हटनु हुन आफ्ना पहिचान,अस्तित्वलाई हामी सबै मिलेर संरक्षण आजको आवश्कता रहेको यसका लागि एक भएर लडनु पर्छ आफ्ना,आफ्ना क्षमता अनुसार अगाडि बड्नु पर्छ मुक्कुमलुङलाई संरक्षण गर्न लडिरहेका योद्वाहरुलाई जस्तो सुकै परिस्थितिमा होस वा चुनौती होस हामीले साथ सहयोग दिन पछि हटनु हुन भनी उपस्थित संघ सस्थाका प्रतिनिधीहरुले बिचार राखेका थिए । मुक्कुमलुङ मुन्धुम अनुसार याक्थुङ लिम्बुहरुले पुज्दै आएका सर्वशक्ति युमा माङको बासस्थान र शक्तिपिठको रुपमा परम्परा देखि लिम्बू समुदायले हेर्दै पुकार्दै आएका छन् ।
लिम्बुवान नागरिक समाज बेलयतको समन्वयमा भएको अन्तरक्रियामा कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आस्फोर्ड केन्टका अध्यक्ष सुदिप थोप्रा,किरात धर्म तथा साहित्य उत्थान संघका राष्ट्रिय समिति बेलायतका उपाध्यक्ष केवाहाङ चेम्जोङ, युमा साम्यो महासभाका अध्यक्ष दिल पालुङवा,लिम्बुवान नागरिक समाजका सस्थापक हाल सल्लाहकार दिल सम्वाहाङफे,सल्लाहकार निर्मल पतङवा,किरात याक्थुङ चुम्लुङका पुर्व महासचिव, हाल उपाध्यक्ष गणेश इजम,अभियन्ता लाहाङ चेम्जोङ युवा ब्यवसायि जितेन्द्र चेम्जोङ लगायत अन्य शुभेच्छुकहरु उपस्थिति रहेको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo