विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मंञ्च पुरस्कृत
Phaktanglung Darpan
जेठ ७ गते २०८१
1:24 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष(डब्लुडब्ल एफ)बाट पुरस्कृत भएको छ । विश्व वन्य जन्तुकोषले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो ।
जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको विश्व वन्यजन्तु कोषले जनाएको छ । कोषले अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत भएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । पुरस्कृत भएसंगै आउँदो दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप उर्जा प्राप्त भएको कार्यक्रम संयोजक राईले बताउनुभयो । राईका अनुसार हिमाली संरक्षण मञ्च संस्था सन २०२० मा पंन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो । हिमाली संरक्षण मंञ्चले मुख्य गरेर दुलर्भ हाब्रे (रेड पाण्डा)को संरक्षणमा विगत २०६२ साल देखि निरन्तर काम गर्दै आएको कार्यक्रम संयोजक राईले बताउनुभयो । संरक्षण संगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको हिमाली संरक्षण मंञ्चका सचिव विवस केदेमले बताउँनुभयो ।
ताप्लेजुङका जिल्लालाई कार्य क्षेत्र बनाएर जैविक विविधताको संरक्षण तथा सम्वद्र्धन गर्नमा संस्थाले काम गर्दै आएको छ । विभिन्न संस्थाहरुसंग साझेदार गरेर विश्व दुलर्भ वन्य जन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको संस्थाले जनाएको छ । विद्यलय तहबाटै हिउँ चितुवाको जनचेतनाको विकास गर्न जिल्लाको हिमाली क्षेत्रमा रहेको विद्यालयमा हिउँ चितुवाको बारेमा कक्षा ७ र ८ मा पठनपाठन समेत गराउँदै आएको हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्र मणि सुब्बाले बताउनुभयो । सुब्बाका अनुसार रेड पाण्डा संरक्षणसंगै हिउँ चितुवा, दुलर्भ पंन्छीहरुको संरक्षणको काम गर्दै आएको छ । स्थानीय समुदायको आयआर्जन तथा रोजगारीसमा समेत सहयोग गर्दै आएको छ ।संस्थाले संरक्षणमा काम गरेसंगै ताप्लेजुङमा रेड पाण्डाहरुको चहलपहल बढदै गएको स्थानीयबासीको भनाइ रहेको छ ।