श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

मौंलिक हस्तकला संरक्षण गर्न टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता

जेठ ४ गते २०८१
8:32 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ । मौलिक हस्तकलाहरुलाई संरक्षण तथा प्रर्वद्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो हुनुभएका छ । त्यस्तै राधिका खवास तृतीय भएकी छन् । धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम हुनुभएको आयोजकले जनाएको छ । विष्णुमाया गिरी दोस्रो हुनुभएको छ । त्यस्तै दिलमाया तामाङ तेस्रो हुनुभएको छ । टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो । नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo