मौंलिक हस्तकला संरक्षण गर्न टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता
Phaktanglung Darpan
जेठ ४ गते २०८१
8:32 pm
फक्ताङलुङ दर्पण
फुङ्लिङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ । मौलिक हस्तकलाहरुलाई संरक्षण तथा प्रर्वद्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो । धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो हुनुभएका छ । त्यस्तै राधिका खवास तृतीय भएकी छन् । धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए । त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम हुनुभएको आयोजकले जनाएको छ । विष्णुमाया गिरी दोस्रो हुनुभएको छ । त्यस्तै दिलमाया तामाङ तेस्रो हुनुभएको छ । टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो । नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।