श्रावण ११ गते २०८३
07:47: PM
श्रावण ११ गते २०८३
07:47: PM

एक महिनामा पाथीभरामा ६९लाख भन्दा बढी भेटी संकलन

जेठ ३ गते २०८१
6:16 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा(मुकुमलुङ)मा पछिल्लो एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ भेटी संकलन भएको छ । बैशाख महिनामा पाथीभराबाट सो वराबरको भेटी संकलन भएको हो ।
बैंशाख महिनामा संकलन भएको भेटीपाती बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेका छन् । क्षेत्र विकास समितिका अनुसार बैशाख महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । सकंलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले संकलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८०४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार ४६८ जनाले मन्दिरको दर्शन गरेका थिए । बैशाख महिमा गरी चालु आर्थिक वर्षको बैशाख सम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo