सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टको २० ओैं साधारण सभा सम्पन्न
Phaktanglung Darpan
वैशाख ३१ गते २०८१
12:44 pm
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो लिम्बू चरपे/लबेलायत ११ मे २०२४ गते शनिवारका दिन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको २० ओैं साधारण सभा सम्पन्न भएको छ । आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा भएको सगरमाथा गार्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको साधारण सभामा आस्फोर्ड केन्टमा बसोबास गर्ने समस्त नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
साधारण सभामा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टले गर्दै आएको गतिबिधीहरुको बारेमा बार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । प्रतिबेदनमा बिगत लामो समय देखि यस सगरमाथा गोर्खाे नेपाली कम्युनिटी आस्फोड केन्टले समुदायमा पुर्याउदै आएको अमुल्य सामाजिक योगदान साथै सहयोगको बारेमा बिश्रित रुपमा उल्लेख गरिएको थियो भने यस सगरमाथा गोर्खा नेपाली कम्युनिटीले गर्ने आगामि कार्य योजना पनि प्रतिवेदनमा समाबेश गरिएको थियो । बार्षिक प्रतिवेदन प्रस्तुत पछि सभा हलमा उपस्थित सदस्य बुद्विजीव शुभचिन्तक अभिभावकहरुले सगरमाथा गोर्खा कम्युनिटीले समाजमा गर्दै आएको सामजिक कार्य माथी बृहत् रुपमा छलफल गरिएको थियो । छलफल पछि सबैबाट यो सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टले गरेका हरेक काम, कार्य सन्तोषजनक रहेको र आगामी दिनमा पनि यसरी नै सबै मिलेर हातेमालो गर्दै जानू पर्ने सभामा उपस्थित सदस्य शुभचिन्तकहरुबाट सकारत्मक धारणा आएको थियो । यस सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टले बिगत लामो समय देखि सबै खाले बिचारहरु समेटेर मानवीय सद्भाव कायम गर्दै सामाजिक,सांस्कृतिक तवरले जनसमुदायमा विभिन्न ऐतिहासिक महत्पुर्ण कार्यहरु गर्दै आएको छ । हरेक बर्ष साधारण सभा कार्यक्रम राख्दै नयाँ पुराना पुस्ताका बिचारहरु समेटेर सामाजिक कार्यका लागि अगाडि बडाउदै लग्ने पनि गरेको छ । सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टका अध्यक्ष डम्बर सिंगकको अध्यक्षतामा समापन गरिएको थियो ।