ग्लोबल बुलियन भल्ट र सगरमाथा गोर्खा नेपाली कमिटीको अन्तरक्रिया सम्पन्न
Phaktanglung Darpan
वैशाख २६ गते २०८१
12:18 am
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो लिम्बू(चरपे)बेलायत
गत आइतबार ग्लोबल बुलियन भल्ट आस्फोर्ड केन्ट साथै सगरमाथा गोर्खा नेपाली कमेटी आस्फोर्ड केन्टको मुख्य समिति र महिला समितिको संयुक्त आयोजनमा आस्फोर्ड केन्टमा रहेको ग्लोबल बुलियन भल्टको सभाहलमा एक महत्पुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न सामाजिक संघ,संस्थाका प्रतिनिधि समाजिक अभियन्ता समाज सेवी तथा केन्ट बासी इच्छुक शुभचिन्तक महानुभावहरुहरुको बाक्लो उपस्थितीमा कार्यक्रम गरिएको थियो । विशेष अन्तर्कृया कार्यक्रम ग्लोबल बुलियन भल्टसंग सम्बन्धीत रहेर अन्तकृया गरेको थियो । ग्लोबल बुलियन भल्ट भनेको के हो हामीलाई कतिको आबश्यक छ वा छैन भने कुरा कार्यक्रमको मुख्य बिषय बस्तुको रुपमा उठान गरिएको थियो । यस बिषयलाई स्पष्ट बुझाउनका लागि ग्लोबल बुलियन भल्टका मेनेजिङ डाइरेक्टर जनक राईले भल्टका बारेमा प्रष्ट पार्नुभएको थियो । भल्टको बिषयमा केहि सिमित ब्यक्तिलाई मात्र राम्रो गरि थाहा भएको र अधिकांस ब्यक्तिलाई थाहा नभएको कारणले यस भल्टको बिषेताको बारेमा बृहत रुपमा सबैको उपस्थितिमा आमुने समुने बसेर अन्तरकृया मार्फत सबैलाई जनकारी गराउन र जिज्ञासु महानुभावहरुको जिज्ञासा सुझाउन विशेष कार्यक्रम आयोजना गरिएको जितेन्द्र चेम्जोङले बताउनुभयो । बिगत समय देखि सम्पुर्ण आस्फोर्ड केन्ट बासीहरु र विभिन्न क्षेत्र ठाउँमा बसोबास गर्ने एसियन मुलका समाज साथै समुदायलाई यो सेवा दिन्दै आएको र यो खालको बिश्वासिलो र भर पर्दो सेवा भनेको आस्फोर्ड केन्टकै पहिलो र अहिले सम्म एक मात्र केन्टको ग्लोबल बुलियन भल्ट हो भनेर मेनेजिङ डाईरेक्टर जनक राईले बताउनुभयो । उहाका अनुसार २०१८र१९ तिरको समयमा आस्फोर्ड केन्टमा अति धेरै दिनढाडै चोरीडकैती हुने अधिकांस घरहरु टोडफोड भएर सुन,चाँदी लुटपाट हुने साथै अन्य महत्पुर्ण कागजातहरु हराउने यस समस्याले केन्ट बासी लगायत एसियन मुलका समुदायहरुलाई असाधै दुख दिएको थियो त्रासै त्रासले जीउनु पर्ने अबस्था आईपरेको थियो भने अर्का तर्फ हामी आफ्ना मौलिक सांस्कृतिक कार्यक्रमहरुमा जानू पर्दा सुन चान्दी लगाएर जानू पर्ने चलन छ । लगाएर हिडनै पर्यो । यो अबस्थामा आफु कति खेर चोरको निशानामा परिने थाहा नहुने यो बिकराल समस्याबाट सबै हैरान भएको कारणले यस्ता जटिल समस्याबाट बच्न र आफ्ना अमुल्य बस्तुलाई बचाउनका लागि मज्बुत सुरक्षा होस साथै सबै केन्ट बासी महानु भावहरुको आफ्ना सम्पति अब देखि उप्रान्त कुनै किसिमबाट लुटपाट चोरी नहोस संरक्षण होस भनेर मेरो सोच बिचार र पहलमा २०२० मा आस्फोर्ड केन्टकै पहिलो र अहिले सम्मकै एक मात्र ग्लोबल बुलियन भल्ट संचालनमा ल्याएका हौं अहिले चार बर्षमा प्रबेश गर्दै छ यसमा हामी २४र२५ जना शेयर छौं । यसमा सुन चान्दी मात्र नभएर आफुलाई चाहिने महत्पुर्ण कागजतहरु पनि सुरक्षित तवरमा राख्न लुकाउन सकिन्छ । यहाँ कुनै चोरी हुने मास्ने लुटने,फुटने कुरै हुन्दैन । सुरक्षाको लागि भरपर्दो बिश्वासिलो रहेको बताउनु भयो । फेरि यसैमा जोडदै यो ग्लोबल बुलियन भल्ट हजुरहरुको लागि हो सेवा दिन तत्पर छ एक पल्ट आईदिनु होस । सेवा दिने मौका दिनु होस तपाईहरुको बिश्वास सन्तुष्टि नै हाम्रो धर्म हो सेवा हो र अबश्यकता अनुसार हामी चौबिसै घण्टा सेवा दिन कुनै कसुर नराख्ने बताउनु भयो । अन्तर्कृया कार्यक्रममा सबै उपस्थित महानु भावहरुले ग्लोबल बुलियन भल्टका बिषयमा कुरा राख्दै बुझ्न चाहेका थिए । यसै गरि आफ्ना केही कुरा राख्ने क्रममा सगरमाथा गोर्खा नेपाली कमिटी आस्फोट केन्टका अध्यक्ष डम्बर सिगकले यश बिषयका लागि आफ्ना तर्फबाट सक्दो सहयोग साथ रहने तर यसका लागि बृहत् तरिकाले जानू पर्छ सबैलाई बुझाउनु पर्छ सिमितमा मात्र रहनु हुन के सहयोग गर्नु पर्छ सधै तत्पर रहेको भनी कुरा राखेका थिए । यसै गरि किरात याक्थुङ चुम्लुङ युकेका निबर्तमान उपाध्यक्ष गणेश इजम,श्री साम्यु लगायत उपस्थित महानुभाहरुले कुरा राख्नुभएको थियो ।