श्रावण ९ गते २०८३
02:08: AM
श्रावण ९ गते २०८३
02:08: AM

किरात साम्यो फुरुम्बो पालुङवा संयङको चोमेन सेवा सम्पन्न

वैशाख १५ गते २०८१
7:43 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो चरपे
किरात साम्यो यक्तुम्बा फुरुम्बो पालुङवा सयङको २० औं वार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा सम्पन्न भएको छ ।
विहिबार र शुक्रबार दुई दिन फुङलिङ नगरपालिका—९ मा रहेको किरात यक्तुम्बा फुरुम्बो पालुङवा सयङहरुको ऐतिहासिक स्थल काराङथावा भने ठाउँमा किरात साम्जिक मुन्धुम हाबेक र खाजोङ अनुसार माङसेवा साबाहरुद्वारा मुन्धुम बाचन गरि येत लाधुङ नाम्धुङ सेमी सेवा सहित २० ओै बार्षिक चोमेन सेवा सम्पन्न भएको हो ।
माङलिङमा,माङकेप्मा,कुसाङलमा,कुलिङधोकेप्मा,माङसिङ हाङसिङ निप्मा,माङवा,हाङवा कुङमा साथै सयङ वशंज कल्याणका लागि भनेर विश्व किरातीहरुको एक मात्र आस्थाको केन्द्र पबित्र धार्मिक स्थल किरात हाङसाम मुजोत्लुङ माङहिम माङसेबुङमा वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसिमामाङ साँबा पबित्रहाङमा लिङदेनज्युहरु समक्ष आर्शिवाद मागेर सुरुवा गरिएको किरात साम्यो यक्तुम्बा फुरुम्बो पालुङवा सयङको चोमेन सेवा आज २० ओैं वार्षिक चोमेन सेवा यस किरात साम्यो यक्तुम्वा फुरुम्बो पालुङवा सयङको ऐतिहासिक ठाउँ काराङथावामा सम्पन्न भएको सयङका सचिव कर्ण पालुङवाले बताउनु भएको छ ।
यो सेवा बंशज कल्याण मात्र नभएर विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका लागि पनि हो । नेपालमा मात्र नभएर संसारमा छरिएर बसोबास गर्ने फुरुम्बो पालुङवा वंशज उनीहरुको चोत्लुङका लागि पनि हो भने बिगत समय देखि नै जहाँ जहाँ किरात साम्यो यक्तुम्बा फुरुम्बो पालुङवा सयङहरु बसोबास गर्छन त्यहि ठाउँ स्थानहरु पनि चोमेन सेवा हुन्दै आएको छ तर यो काराङथाङवामा भने बिगत तीन बर्ष अघि देखि सेवा हुन्दै आएको यहाँ लगातार ३ बर्ष भयो यो ठाउमा सेवा भएको माङसेवा साबा ईन्द्रहाङ पालुङवा भन्नू हुन्छ ।
किरात साम्यो यक्तुम्बा फुरुम्बो पालुङवा संयङले बिगत बर्ष देखि नै भाषा धर्म, संस्कार, सास्कृतिक, बिषयमा पनि अतुलनिया रुपमा काम गर्दै प्रचार,प्रसार गर्दै आएको र आउदो पिडीहरुलाई भाषा लिपी सिकाउने आफ्ना ऐतिहासिक थाकथोलो संरक्षण सम्बर्द्वन गर्ने देखि लिएर अग्रजहरुको योगदानलाई कदर गरेर स– सम्मान गर्दै आएको संयङका सल्लाहकार लेख बहादुर पालुङवाले बताउनु भयो । सेवा कार्यक्रम विभिन्न ठाउँबाट फुरुम्बो पालुङवा बंशजहरुको बाक्लो उपस्थित रहेको थियो । किरात साम्यो यक्तुम्बा फुरुम्बो पालुङवा संयङका अध्यक्ष केन्द्र सिं फुरुम्बोको सभापतित्व रहेको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo