श्रावण १० गते २०८३
11:43: AM
श्रावण १० गते २०८३
11:43: AM

ताप्लेजुङमा एक हजार ८९० जनाले एसइईको परिक्षा दिदै

चैत्र १५ गते २०८०
6:26 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा आज एक हजार ८९० जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएको छ । जिल्लाको १७ परिक्षा केन्द्रमा विद्यार्थी सहभागी भएर एसइईको परिक्षामा सहभागी भएका छन् ।
नियमित तर्फ एक हजार ६९५ जना,ग्रेडवृद्धि तर्फका ६९ र प्राविधिक धारका १२६ गरी कुल एक हजार ८९० जना विद्यार्थीले यस वर्ष एसइई परीक्षामा सहभागि भएको जिल्ला शिक्षा समन्वय एकाई ताप्लेजुले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार एसइई परीक्षा सञ्चालनका लागि नयाँ एक समेत १७ वटा केन्द्र कयाम गरिएको छ । यस वर्ष नयाँ परीक्षा केन्द्रका रूपमा फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई थप गरिएको छ । बाँकी पुरानै विद्यालयलाई परीक्षा केन्द्रहरुबाट परिक्षा हुन थालेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । इकाई प्रमुख भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, युवा वर्ष माध्यमिक विद्यालय, बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयलाई परीक्षा केन्द्रहरुमा विद्यार्थीले परिक्षा दिन लागेको हो
यस्तै फुङ्लिङ नगरपालिकामा सिद्धकाली माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा केन्द्र कार्यम गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकाको मोती माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । सिरिजङ्घा गाउँपालिकास्थित सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयमा परीक्षा केन्द्र परिक्षा सञ्चालन हुन लालेको हो ।
पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भन्ज्याङ माध्यमिक विद्यालय, मैवाखोला गाउँपालिकाको मैवाखोला माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र सञ्चालन हुन लागेको हो । आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र परिक्षा हुन लागेको शिक्षा समन्वय एकाई ताप्लेजुङले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo