भाद्र २६ गते २०८३
10:01: PM
भाद्र २६ गते २०८३
10:01: PM

ताप्लेजुङमा आगलागीबाट दुई घर जले

चैत्र ६ गते २०८०
9:37 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा मंगलबार छुट्टा–छुट्टै ठाउँमा आगलागीबाट दुई घर नष्ट भएको छ । फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो ।
फुङ्लिङ नगरपालिका–३ पाखे टोलका स्थानीय हर्कबहादुर पालुङ्वाको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । प्रहरीका अनुसार ढुङ्गा, माटो, काठ र जस्तापाताले निर्माण गरिएको तीनतले घर आगलागीबाट नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घरमा भएको नगद ९० हजार रुपियाँ, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतको सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार घर नजिक रहेको दुईवटा पशुचौपायाको गोठसमेत जलेर नष्ट हुँदा पालुङ्वाको १५ लाख रुपियाँ मूल्य बराबरको क्षति हुन गएको छ
यस्तै मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका सुवास नाल्बुको घरमा पनि आगलागी भएको छ । स्थानीय रानी सामुदायिक वनमा लागेको डढेलोले नाल्बुको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँकाअनुसार ढुङ्गा र माटोले बनेको नाल्बुको घर जलेर नष्ट हुँदा करिब एकलाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सुख्खा मौसमसँगै हाल एकपछि अर्को गर्दै वनमा डढेलोका घटना तीव्र भइरहेको र वनमा लागेको डढेलोले घरलगायतका संरचाहरु जलेर क्षति पु¥याइरहेको प्रहरीले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo