श्रावण ९ गते २०८३
10:22: PM
श्रावण ९ गते २०८३
10:22: PM

सिरिजंगा गाउँपालिकामा २९७ परिवालाई निस्सा वितरण

चैत्र ४ गते २०८०
4:34 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा २९७ जनालाई निस्सा वितरण गरेको छ । भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा बितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङको समन्वयमा गाउँपालिकाले आज निस्सा बितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अनुसार १९५ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । भूमिहीन सुकुम्बासी ५६ तथा भूमिहीन दलित ४६ घरधुरी रहेको पालिकाले जनाएको छ ।
पालिकाका अनुसार सिरिजंगा गाउँपालिका—१ सिनाममा ८ घरधुरी भूमिहीन सुकुम्बासी, १९ घरधुरी भूमिहीन दलित रहेका छन् । २ नम्बर वडामा भूमिहीन दलित ८ र अव्यवस्थित बसोबासी २० घर परिवार रहेको गाउँपालिकाले जनाएको छ । ३ नम्बर वडामा भूमिहीन सुकुम्बासी ३,भूमिहीन दलित ३ र अव्यवस्थित बसोबासी ३२ घरधुरी रहेको छन् । ४ नम्बर वडा भूमिहीन सुकुम्बासी १२,भूमिहीन दलित ६ र अव्यवस्थित बसोबासी ५८ घरधुरी रहेका छन् ।
५ नम्बर वडामा भूमिहीन सुकुम्बासी ६,भूमिहीन दलित ३ र अव्यवस्थित बसोबासी २९ घरधुरी रहेका छन् । ६ नम्बर वडामा भूमिहीन सुकुम्बासी १ तथा अव्यवस्थित बसोबासी १ घरधुरी रहेका छन् । ७ वडामा भूमिहीन सुकुम्बासी १६,भूमिहीन दलित ६ र अव्यवस्थित बसोबासी ३५ घरधुरी रहेका छन् । ८ वडामा भूमिहीन सुकुम्बासी १०,भूमिहीन दलित १ र अव्यवस्थित बसोबासी २० घरधुरी रहेको पालिकाले जनाएको छ ।
यसअघि फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा बितरण गरिसकेका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला समिति ताप्लेजुङका अध्यक्ष बस्नेतका अनुसार निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने छन् । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo