श्रावण १० गते २०८३
08:55: AM
श्रावण १० गते २०८३
08:55: AM

निःशुल्क एक हजार ६०० भन्दा बढिले लिए स्वास्थ्य सेवा

चैत्र २ गते २०८०
8:25 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको दुर्गम क्षेत्र फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित बृहत स्वास्थ्य शिविरमार्फत एक हजार ६०० भन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । वृहत निःशुल्क स्वास्थ्य शिविर मार्फ दुर्गम क्षेत्रका सर्वसाधरणहरुले स्वास्थ्य सेवा लिएको हो ।
एक—एक पाइलाक संस्थाको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमार्फत कुल एकहजार ६७२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाको केन्द्र रहेको तापेथोकमा तीन दिन बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत पालिकाभित्र र आसपास क्षेत्रका सेवाग्राही समेतले स्वास्थ्य सेवा प्राप्त गरेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार शिविरको पहिलो दिन ५०८ जना, दोस्रो दिन ६५२ जना र तेस्रो दिन ५१२ जनाले स्वास्थ्य सेवा लिएका थिए । साधारण शल्यक्रियासहित स्त्री तथा प्रसूति सेवा, नाक, कान, घाँटीसम्बन्धी सेवा, छाला रोग सेवा, कजेलोसम्बन्धी रोग भएका बिरामीले परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।मोतिविन्दु भएको आँखाका बिरामीले शल्यक्रिया सेवा प्राप्त गरेका छन् भने दाँत, हाड तथा जोर्नीमा समस्या भएका विरामीले शिविरमार्फत उपचार सेवा प्राप्त गरेका गाउँपालिकाले जनाएको छ । बृहत शिविरमार्फत जेनेरल मेडिसिन, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी र बाल रोगसम्बन्धी सेवा प्रवाह भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo