ताप्लेजुङको मैवाखोला गाउँपालिका नयाँ प्रहरी चौकी स्थापना भएको छ । शान्ति सुरक्षा प्रदान गर्नका लागि मैवाखोला गाउँपालिका—६ फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो । गाउँपालिकाको ५ र ६ वडाका समुदायहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी गरी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । स्थापना गरिएको अस्थायी प्रहरीचौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले शुक्रबार उद्घाटन गर्नुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्रहरीचौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहने प्रहरी कार्यालयले जनाएको छ । …