श्रावण १० गते २०८३
09:38: AM
श्रावण १० गते २०८३
09:38: AM

फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना

चैत्र २ गते २०८०
8:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिका नयाँ प्रहरी चौकी स्थापना भएको छ । शान्ति सुरक्षा प्रदान गर्नका लागि मैवाखोला गाउँपालिका—६ फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।
गाउँपालिकाको ५ र ६ वडाका समुदायहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी गरी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्थापना गरिएको अस्थायी प्रहरीचौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले शुक्रबार उद्घाटन गर्नुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्रहरीचौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहने प्रहरी कार्यालयले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo