श्रावण १० गते २०८३
08:54: AM
श्रावण १० गते २०८३
08:54: AM

उपमेयर कपको उपाधिका लागि फुङलिङ र मेरिङदेन प्रतिप्रर्धा हुदै

फागुन २८ गते २०८०
7:38 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो अन्तर पालिका महिला उपमेयर फुटबल प्रतियोगिताको आज फाइनल खेल हुने भएको छ । आइनल खेलमा आयोजक फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको हो ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको आत्म बल बढाउँनका लागि नगरपालिकाले अन्तरपालिका महिला फुटबल खेल प्रतियोगिताको आयोजना गरेको हो । आइतबार पहिलो सेमिफाइनल खेलमा पाथिभरा यङवरक गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो । यस्तै आइतबार नै भएको दोस्रो खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले फाइनलमा फुङलिङ नगरपालिका सँग भेट पक्का गरेको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । यस अधि फुङलिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने, फक्ताङलुङ गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो ।
जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहेको थियो । मिक्वाखोलाले सहभागिता जनाउँने भनेता पनि अन्त्यमा सहभागिता जनाउन नसकेको संयोजक सुनुवारले बताउनुभयो । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ हजार रुपियाँ प्रोत्साहन रकम पाउने आयोजक फुङलिङ नगरपालिकाले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo