ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ‘सिर्जना उत्सव’ तथा स्रष्टा सम्मान कार्यक्रम भएको छ । फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्य प्रतिष्ठानको सहयोगमा नेपाली साहित्य डट कम प्रतिष्ठानले आज आइतबार साहित्य परिसंवाद कार्यक्रम गर्न लागेको हो । काठमाडौं लगायतका १९ जना र स्थानीय साहित्यकारहरुको सहभागितामा ‘मेरो राष्ट्र मेरो ध्येय’ नारा सहित शनिबार कला साहित्य यात्रा २०८० अन्र्तगत यो वर्षको कार्यक्रमको आयोजना गरेको कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कारद्धारा विमल बैद्य (इलाम) र ग्रेगरी कला संस्कृति पुरस्कारद्धारा भरतकुमार गुरुङ (ताप्लेजुङ)लाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा ताप्लेजुङ सहित बिभिन्न जिल्लाबाट उपस्थितसाहित्य सर्जकहरुले आ–आफ्ना सृजना बाचन गरेका थियो । प्रतिष्ठानकै आयोजनामा आज ताप्लेजुङको होटल माउन्टेनमा साहित्य परिसंवाद कार्यक्रम हुने आयोजक नेपाली साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष कवि निवन्धकार मोमिला जोशीले बताउनुभयो ।…