श्रावण १० गते २०८३
08:48: AM
श्रावण १० गते २०८३
08:48: AM

नारी दिवसको अवसरमा फुङ्लिङमा उपमेयर कप हुदै

फागुन २५ गते २०८०
8:20 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आजदेखि दोस्रो महिला उपमेयर कपको आयोजना सञ्चालन गर्ने भएको छ । महिलाहरुलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर–पालिकास्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता गर्न लागेको हो ।
खेल तालिकाअनुसार जिल्लाका आठ स्थानीय तहले सहभागिता जनाउने भएका छन् । आज दिउँसो उद्घाटन अर्थात पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबीच हुने छ । यस्तै दोस्रो खेल शनिबार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबीच हुने छ । शनिबार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिबेणी र सिरिजंघा गाउँपालिकाबीच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरु भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने आयोजक फुङ्लिङ नगरपालिकाले जनाएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo