वैशाख ५ गते २०८२
09:31: AM
वैशाख ५ गते २०८२
09:31: AM

हिमाल उक्लनदै भेडीगोठ

फागुन २४ गते २०८०
7:35 am
Author Avatar
फक्ताङलुङ दर्पण

भेडी गोठहरु अहिले विस्तारै हिमाली क्षेत्र तिर उक्लन थालेका छन् । जाडो छल्न र बारी मल्न बस्ती सम्म पुगेको भेडीगोठहरु अहिले हिमाली क्षेत्रमा उग्लन थालेको हो । हिमाल देखि जाडो छल्न आएको भेडी गोठ लामो समय सम्म बेसि बस्न पाउँदैन ।
गाउँ बस्तिहरुमा खेती गर्ने समय सुरुभएसंगै बस्तिसंग भेडी गोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ति नजिक रहेका खाली चरन क्षेत्रहरुमा अहिले अलैंची बगान विस्तार भएसंगै भेडी गोठहरु गाउँ बस्तिहरु धेरै समय सम्म बस्न सक्दैन ।
दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रुपेस लिम्बू रात त्रिपाल मुनि बित्ने गरेको छ । फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका लिम्बू कहिले हिमालको फेदी कहिले त बस्ति तिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बस्नुभएको हो ।
सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगाल्नुभएका उहाँ अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिनुहुन्छ । उहाँले करिब ३०० बढी भेडाबाख्रा रहेको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।
फुङ्पलिङ नगरपालिका—१० फावाखोलाको गोपाल विष्टको भेडी गोठ अहिले बस्ति देखि अलिक माथी साम्लिङ खर्कमा उग्लेको छ । गाउँ देखि उग्लेको भेडी गोठ अब बैशाखे हुदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजंघा हिमालको आधार शिविर सम्म पुग्ने छन् ।
यता लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका—५ समुद्र सतह देखि चार हजार ५०० मिटरमा रहेका लोदेन क्षेत्रको सम्म पुगर्ने गर्दछन् लिम्बूका भेडा फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।
“वैशाख–जेठसम्म्म अब पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उहाँले भन्नुभयो ।
घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको फक्ताङलुङ गाउँपालिका—६ को भेडा पालक किसान बिशाल लिम्बूले बताउनुभयो । उँहाले भन्नुभयो “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज भोली त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उहाँले भन्नुभयो ।
सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउनुहुन्छ । लिम्बूसंग अहिले २०० वटा भेडा रहेको छ । भेडापालनबाट वार्षिक पाँच देखि छ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन” । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।
दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडा पालक किसानहरुको भनाइरहेको छ । हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।
जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ भेडा पालकहरुको भनाइरहेको छ । हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल किसानका भनाइ छ । वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत बाल्ने गर्दछन् ।
पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने ताप्लेजुङका केहि युवाहरु लागि परेका छन् । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo