श्रावण ९ गते २०८३
09:05: AM
श्रावण ९ गते २०८३
09:05: AM

सन्दुक रुइतको नेतृत्वमा १५४ जान सर्वसाधरणको आँखा शल्यक्रिया

फागुन १८ गते २०८०
7:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा ताप्लेजुङमा १५४ जना सर्वसाधरण नागरिकहरुको निशुल्क आँखा शल्यक्रिया गरिएको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा सो सङ्ख्यामा मोतिबिन्दुका रोगीको आँखा शल्यक्रिया गरिएको हो ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको प्रत्यक्ष संलग्नामा मोतिबिन्दु भएका आँखाका रोगीको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।
शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार मोतिबिन्दु भएको आँखाका विरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । उहाँका अनुसार बिहीबार १०२ जना र शुक्रबार ५२ जना आँखाका विरामीको शल्यक्रिया गरिएको छ । मोतिबिन्दुको शल्यक्रिया गरिएका विरामीलाई चस्मा र आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति संघ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीहरुको छनोट गरिएको थियो ।
शिविरमा जिल्लाभित्र र बाहिर पाँचथर तथा तेह्रथुम समेतबाट विरामीहरु आएर सेवा लिएको नेत्रज्योति संछघका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । सभापति गुरुङका अनुसार मोतिबिन्दु भएको रोगीहरुसहित एक हजार ३२७ जनाले आँखा परीक्षण गराएका छन् । आँखा परीक्षण गराउनेमा ५४६ पुरुष र ७८१ जना महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतको संलग्नता रहेकाले शिविरमा सेवा लिन आउनेहरुको संख्या यस पटक बढी भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । ..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo