श्रावण ९ गते २०८३
05:29: AM
श्रावण ९ गते २०८३
05:29: AM

अलैँचीको मूल्य सुधार भएसंगै किसान उत्साहित

फागुन १२ गते २०८०
3:11 pm
Author Avatar
फक्ताङलुङ दर्पण

लामो समय पछि कोलो सुनको परिचत अलैँचीको मूल्य सुधार आएको छ । बजार मूल्य सुधार आएसंगै अलैँची किसान उत्साहित भएका छन् ।
अहिले वर्ष प्रति मन(४० केजी)को ७१ हजार रुपैयामा कारोबार हुदै आएको अलैँची व्यवसायी सघं ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । दई साता अगाडी ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रति मन ८० हजार रुपैयाँमा कारोबार भइरहेको रेग्मीले बताउनुभयो । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् । अहिलेको अलैँची मूल्य यसवर्षको मात्र नभई चार÷पाँच वर्षयताकै राम्रो बजार मूल्यमा कारोबार भएको रेग्मीले बताउनुभयो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम् ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्लो चार–पाँच वर्ष अवधिभित्र प्रतिमन न्युनतम् २० हजार र अधिकतम् ३५ हजार रुपियाँ सम्ममा मात्र अलैँचीको कारोबार भएको छ ।
यसवर्ष भने नयाँ अलैँची बजारमा निस्कन थाल्दा नै प्रतिमन ६० देखि ६५ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार मुख्य सिजन (मौसम) सुरु भएपछि अलैँचीको सुरुको मूल्य घटेर प्रतिमन ५३ देखि ५८ हजार रुपियाँसम्म आइपुगेको थियो । अलैँचीको सो मूल्य घटबढ हुँदै निकै लामो समयसम्म कारोबार भएको व्ययवासीले बताएका छन् । पछिल्लो केही सातायता भने बिस्तारै उकालो लागेको अलैँची मूल्य दुई साता प्रति मन ८० हजार रुपैयाँ देखि ७१ हजार रुपैयाँमा झरेको अलैँची व्यावसायी संघ ताप्लेजुङले जनाएको छ । हिजोआज अलैँची मूल्य निरन्तर वृद्धि भइरहे पनि धेरै अलैँची विक्री गरिसकेको किसानले बताएका छन् । त्यस्तै, यो वर्ष अलैँची उत्पादनमा पनि कमी आएको उनीहरूको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार ५०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्यांक छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo