देवेन्द्र बानिया/ताप्लेजुङ नेकपा एमाले निकट बिद्यार्थी संगठन ताप्लेजुङको २३ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अनेरास्ववियु ताप्लेजुङले जनाएको छ।अनेरास्ववियुले शुक्रबार र पर्सि गरी दुई दिन २३ औं जिल्ला अधिबेशन पुरा भएको हो । अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सह संयोजक विवेक बानियाका अनुसार अधिवेशनमा ताप्लेजुङका नौ वटै स्थानीय तहबाट ५० जना र जिल्ला सम्मेलन आयोजक कमिटीका ५७ जना गरी कूल १०७ जना अधिबेशन प्रतिनिधि हुनेछन् । बानियाका अनुसार पालिका कमिटी अन्तरगत गाउँपालिकाबाट कम्तिमा दुई जना महिला प्रतिनिधि अनिवार्य सहित ४० जना तथा,नगरपालिकाबाट कम्तिमा तीन महिला सहित सात जना र स्ववियु निर्वाचन हुने पाथीभरा क्याम्पस कमिटीबाट एक महिला सहित तीन जना प्रतिनिधि चयन हुनेछन् । अधिबेशनले कम्तिमा पदाधिकारीमा कम्तिमा दई महिला अनिवार्य रहनेगरी सात जना पदाधिकारी सहित बढीमा ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने अनेरास्ववियुले जनाएको छ । अधिबेशनका लागि‘ ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आवह्वान,सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान’नारा सहित जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्न लागेको बताइएको छ।