श्रावण १० गते २०८३
09:46: AM
श्रावण १० गते २०८३
09:46: AM

अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनको तयारी पूरा

माघ १८ गते २०८०
7:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानिया/ताप्लेजुङ
नेकपा एमाले निकट बिद्यार्थी संगठन ताप्लेजुङको २३ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अनेरास्ववियु ताप्लेजुङले जनाएको छ।अनेरास्ववियुले शुक्रबार र पर्सि गरी दुई दिन २३ औं जिल्ला अधिबेशन पुरा भएको हो ।
अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सह संयोजक विवेक बानियाका अनुसार अधिवेशनमा ताप्लेजुङका नौ वटै स्थानीय तहबाट ५० जना र जिल्ला सम्मेलन आयोजक कमिटीका ५७ जना गरी कूल १०७ जना अधिबेशन प्रतिनिधि हुनेछन् । बानियाका अनुसार पालिका कमिटी अन्तरगत गाउँपालिकाबाट कम्तिमा दुई जना महिला प्रतिनिधि अनिवार्य सहित ४० जना तथा,नगरपालिकाबाट कम्तिमा तीन महिला सहित सात जना र स्ववियु निर्वाचन हुने पाथीभरा क्याम्पस कमिटीबाट एक महिला सहित तीन जना प्रतिनिधि चयन हुनेछन् । अधिबेशनले कम्तिमा पदाधिकारीमा कम्तिमा दई महिला अनिवार्य रहनेगरी सात जना पदाधिकारी सहित बढीमा ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने अनेरास्ववियुले जनाएको छ ।
अधिबेशनका लागि‘ ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आवह्वान,सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान’नारा सहित जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्न लागेको बताइएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo