मुकुमलुङ संरक्षणका लागि आज फुङ्लिङमा जनप्रदर्शन हुदै
Phaktanglung Darpan
माघ १५ गते २०८०
9:11 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङ । मुकुमलुङ संरक्षणका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङमा आज जनप्रदर्शन गर्न लागेको छ । विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शनको सुरु हुन लागेको हो । मुकुमलुङ फासिङ तान्सेप चुम्भो सहित मुकुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति सहित विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन गर्न लागेको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताउनुभयो । आज बिहान साढे १० बजेदेखि विरोध र्याली सुरु हुने मुकुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिले जानकारी दिनु भएको छ । उहाँका अनुसार र्याली तमोर हस्पिटल हुँदै विरेन्द्र चोकदेखि टुक्रे पुगी पुन फर्की तोक्मे डाँडाँ पुगी कोण सभामा परिणत हुने भएको छ । उक्त विरोध प्रदर्शनमा नेपाल राज्यका कुनै पनि स्थानका जनताले आफ्नो इच्छा अनुसार भाग लिन पाउने पनि लिङखिमले जानकारी दिनुभयो । साथै सम्पूर्ण जनसमुदायलाई शान्तिपूर्ण विरोध जन प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।