फुङ्लिङमा आगलागीबाट एक घर नष्ट, २६ लाख भन्दा बढी क्षति
Phaktanglung Darpan
मंसिर २८ गते २०८०
2:10 pm
फक्ताङलुङ दर्पण
फुङ्लिङमा आगलागीबाट एक घर नष्ट, २६ लाख भन्दा बढी क्षति फुङ्लिङ, ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा विहिबार आगलागीबाट एक घर नष्टहुदा २६ लाख ८० हजारु रुपैयाँ बराबरको क्षति भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–२ बोझे टोलमा आगलागी भएको हो । आगलागीबाट स्थानीय अर्जुन सिल्वालको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको दुई तले घर जलेर पुरै नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहान करिव ११ः४५ बजेतिर घरमा अचानक आगलागी भएको थियो । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल (बारुणयन्त्र) सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो । यता स्थानीयबासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरु जोगाउन नसकिएको बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवत्ता कमल लुङ्गेलीले जानकारी दिनुभया । …