श्रावण ९ गते २०८३
08:17: PM
श्रावण ९ गते २०८३
08:17: PM

फुङ्लिङमा आगलागीबाट एक घर नष्ट, २६ लाख भन्दा बढी क्षति

मंसिर २८ गते २०८०
2:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङमा आगलागीबाट एक घर नष्ट, २६ लाख भन्दा बढी क्षति
फुङ्लिङ,
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा विहिबार आगलागीबाट एक घर नष्टहुदा २६ लाख ८० हजारु रुपैयाँ बराबरको क्षति भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–२ बोझे टोलमा आगलागी भएको हो ।
आगलागीबाट स्थानीय अर्जुन सिल्वालको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको दुई तले घर जलेर पुरै नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहान करिव ११ः४५ बजेतिर घरमा अचानक आगलागी भएको थियो । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल (बारुणयन्त्र) सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो ।
यता स्थानीयबासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरु जोगाउन नसकिएको बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवत्ता कमल लुङ्गेलीले जानकारी दिनुभया । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo