फागुन २० गते २०८२
12:54: PM
फागुन २० गते २०८२
12:54: PM

नेपाली काङ्ग्रेस ताप्लेजुङद्धरा जस्ताको पाता तस्तान्तरण

मंसिर २७ गते २०८०
7:37 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया, ताप्लेजुङ

नेपाली काङ्ग्रेस ताप्लेजुङद्धरा आगलागी पीडित परिवारलाई जस्ताको पाता उपलब्ध गरएका छन् । आगलागीबाट पीडित फुङ्लिङ नगरपालिका—८ का निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिती सदस्य तथा नेपाल तरुण दल केन्द्रीय पुर्ब महासचिव पदम सुन्दर पालुङ्वाको परिवारलाई जस्ताको पाता उपलब्ध गराएको हो । नेपाली काङ्ग्रेस ताप्लेजुङका अनुसार एक लाख ८० हजार ७२० रुपियाँ बराबरको जस्तापाता वितरण गरेको हो । बुधबार पालुङ्वाको घरमा प्रदेश सभा सदस्य खगेन सिंह हाङगाम , कांग्रेस ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङ उपसभापति दिल्ली रमण बराल लगायतको उपस्थितिमा पालुङवाका परिवारलाई जस्तापाता उपलब्ध गराएको नेपाली काँग्रेस ताप्लेजुङ प्रवक्ता गणेश सिग्देलले जानकरी दिनुभयो। उहाँका अनुसार पार्टीमा पुर्याउनु भएको भूमिकालाई मध्यनजर गर्दै जिल्ला कार्यसमितिको छलफल पछि अग्नि पीडित पालुङ्वाले सहयोग गर्न निर्णय गरिएको उहाँले बताउनुभयो ।
पालुङ्वाको घर गत जेठ १३ गते शनिबार बिहान अचानक आगो लागि हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । अहिले घर नयाँ बन्दै गरेको जनाइएको छ। पालुङ्वाले कांग्रेसको केही सहयोगले केही राहत महसूस हुने ताप्लेजुङ कांग्रेसको विश्वास छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo