देबेन्द्र बानिया
ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङ जिल्ला कार्य समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प बाट प्रभावित हरुलाई, भौतिक तथा मानसिक रूप केही सहज हुने मुख्य उदेश्य ले ४० हजार रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस ताप्लेजुङले जनाएको छ।
नेपाल सरकार को जैविक कोषमा रकम जम्मा हुने छ। यस अघि काङ्ग्रेस केन्द्रिय समितिले सरकारलाई ५० लाख र आफ्ना नेता तथा कार्यकर्ता हरुलाई समेत प्रभावित क्षेत्रमा खटन निर्देशन गरेको थियो ।
भुकम्प पीडितका आ–आफनै पीडा छन् । कसैलाई परिवारका सदस्य गुमाएको पीडा , कसैलाई शिर लुकाउने छत उजाडिदाको पीडा, घरीघरी आईरहने पराकम्पनले ल्याएको त्रास त्यसमाथि पनि राहतको पखाईमा बसेका पीडितहरुलाई राहत वितरणमा हुने विभेदको पीडा । सबैले खबरदारी गर्दै राहत उपलब्ध गराएको हो । प्राृकतिक विपतले त पीडा दियो दियो । राहत वितरण गर्ने निकायबाट पीडितहरुलाई छिटो भन्दा छिटो उपलब्ध गराउन समेत ताप्लेजुङ काङ्ग्रेसले आग्रह गरेको छ।
ज्यान धुमाएका परिवार प्रति , श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत विज्ञप्ति जनाइएको छ।’
गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी जाजरकोट पश्चिम रुकुम गरी १५० भन्दा बढी ले ज्यान घुमाउँदा ७ सय भन्दा बढी घाइते भएका थिए।२० हजारभन्दा बढी परिवार घरबारविहीन रहेको कर्णाली प्रदेश ले जनाएको छ
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
