श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

अलैँची किसान अलैँची घर भित्र्याउन चटारो

कार्तिक २३ गते २०८०
5:22 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त भएका छन् ।
ताप्लेजुङमा असोज देखि मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिना देखि लेकाली क्षेत्रमा मंसिर तेस्रो साता सम्म अलैंची टिपाई हुन्छ ।
अहिले मध्य भागमा अलैँची थन्क्याउन मुख्य सिजन भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची संकलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पु¥याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका—१ थेचम्बुका अलैँची किसान ज्ञान बहादुर गुरुङले बताउनुभयो । अलैँची सिजनका कारण चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताउनुभयो । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका—६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताउनुभयो । उहाँले दशैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै मनाउने योजना रहेको बताउनुभयो ।
फुङ्लिङ नगरपालिका–६ बिहिवारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताउनुभयो । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो । यि त केहि प्रतिनिधि मात्र हुँन । अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा सोमबार प्रतिमन(४० केजी)को ५५ हजार रुपैयाँमा खरिदविक्री हुदै आएको फुङ्लिङ नगरपालिका—५ का अलैँची व्यवसायी दिनेश अधिकारीले बताउनुभायो ।
अलैँची बगानमा रोजगारी
फुङ्लिङ नगरपालिका—७ बिहिबारे क्षेत्रमा रहेको अलैंची बगानमा पूर्ण राई अलैंची टिपाईमा व्यस्त हुनुहुन्छ । उहाँ पाथीभरा याङवरक गाउँपालिका—१ नाङखल्याङ देखी अलैंची टिप्न रोजगारी गर्न फुङ्लिङ सम्म आउँनुभएको हो । दसैँ सके लगतै राई घर देखि निस्कनुभएको हो । बिहान उठेर पछि अलैंची टिप्न बगामा पसेको राई साँझ पर्दामात्र बगान देखी बाहिर निस्कनुहुन्छ । उहाँको साँझ बिहानको खाना खाज पनि अलैंची बगानमै खानुहुन्छ । बिहान र दिन भरी टिपिएको अलैंचीको थुङ्गा बगान नजिकै रहेको अलैंची सुकाउँने भट्टीमा जम्मा गर्ने काम हुन्छ । दिन भरी टिपिएको अलैंचीको थुङगा बेलुका १० बजे रात सम्म छराउँनु राईको अहिले दैनिकी बनेको छ ।
पाथीभरा याङवरक गाउँपालिका—१ नाङखल्याङ गाउँका पूर्ण राईसंगै सात जनाले घर छोढेर अलैंची टिप्न फुङ्लिङ पुग्नुभएको हो । गाउँमा रोजगारी नभए पछि रोजगारी खोज्दै फुङ्लिङ—६ अवस्थित अलैंची बगानमा आईपुगेको नरप्रसाद राईले बताउँनुभयो । उहाँ तिहार सम्मै अलैंची बगानमै बसेर अलैंची टिप्ने,असार्ने,भट्टी लगाउँने काममा व्यस्त हुने छ । देउँसी भइली खेल्नेहरुलाई दान दक्षिनाको लागि दिनका लागि खर्च जुटाउँन अलैंची बगानमा रोजगारी गर्न थाल्नुभएको हो । अलैँचीमै बसेर टिप्ने,छोडाउन र सुकाउने मजदुरलाई प्रतिदिनका ५०० देखि ७०० रुपैयाँ ज्याला दिन गरेका छन् । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo