तमोर नदीमा काठे मोटरेबल पुलमार्फत गाउँ गाउँमा यातायात
Phaktanglung Darpan
कार्तिक २२ गते २०८०
9:52 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङ ः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र सबै गाउँ—गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठे मोटरेबल पुल निर्माण गरेको छ । पक्की पुल निर्माण गर्ने बजेट अभावले गर्दा गाउँपालिकाले अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको हो । गाउँपालिकाले तमोर नदिमा दुई वटा स्थायी काठेपुल निर्माण गरेकार गाउँ गाउँमा यातायात पुर्याएको छ । सदरमुकाम फुङ्लिङ देखि पालिका क्षेत्र पुग्ने सानो खोलाहरुमा पाँच वटा मोटरेवल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायी काठेपुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि दश लाख रुपैयाँ बजेट विनियोजन गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्षका स्वकीय सचिव दिलकुमार पताङवाले बताउनुभयो । पताङवाका अनुसार विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको र अन्य पुलहरु मर्मतसम्भार गर्ने योजना रहेको छ । आवश्यक सामग्री,ढुवानी पालिकाको खर्च हुने छ, भने गाउँपालिकाको स्काभेक्टर(मिसिन) प्रयोग र केही श्रमदान जुटाएर पुल निर्माण तथा मर्मत गर्ने योजना रहेको पताङवले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ । तमोर नदीको दुई किनारमा यो गाउँपालिका विभाजित भएको छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । यस्तै वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवत–जावत गर्न तमोर नदी तर्नुपर्दछ । अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । गाउँ—गाउँमा साडक सञ्जालले जोडिए पनि मोटरेवल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको जनाएको छ । सो पुल निर्माण भएपछि अहिले गाउँगाउँमा यातायात सेवा पुगेको फक्ताङलुङ गाउँपालिका—१ का वडा अध्यक्ष यज्ञ प्रसाद लिम्बूले बताउनुभयो । यसअघि पक्की मोटरेवल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गरेर गाउँ–गाउँमा गाडी पु¥याउँदै आएको छ । घर–आङ्गनमा गाडी आइपुग्दा स्थानीयवासी निकै खुसी भएका छन् । विगतमा प्रत्येक वर्ष तमोर नदिनमा चार वटा अस्थायी काठेमोटरेबल पुल हुदै आएको थियो । दुई ठाउँमा पक्की मोटरेबल पुल निमर्ण भएसंगै अहिले तमोर नदिनमा दुई वटा मात्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । अन्य ठाउँहरुमा आवश्यता अनुसार काठपुल निर्माण गर्दै जाने लिम्बूले बताउनुभयो ।