श्रावण १ गते २०८३
03:10: AM
श्रावण १ गते २०८३
03:10: AM

आम्दामीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

कार्तिक ९ गते २०८०
10:05 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङः तराइका सामुदायिक वनहरुले लोभ लाग्दो आम्दानी गर्दै आएको छ । तर पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरुले भने सोचे जस्तौ आम्दानी गर्न सकेका छैन् ।
पर्याप्त वन पैदावर सम्मभावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरुले आफ्नो आम्दानीको स्रोत गुमाउँन परेको छ । सामुदायिक वन सम्म पुग्ने यातायात पहँुज नहुँदा त्यतीकै वनमै सढेर जाने गर्दछ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्याका कारण हिमाली क्षेत्रका समुदायिक वनहरुले आम्दामीको स्रोत गुमाउनु परेको हो ।
ताप्लेजुङमा रहेको आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चनजंघा संरक्षण क्षेत्रमा सामुदायिक वन क्षेत्र अत्यधिक रहेको छ । २०३५ वर्ग किमिमा फैलिएको यस क्षेत्रमा अधिकाँस सामुदायिक वन क्षेत्रको हिस्सा रहेको छ । तत्कालीन ४ वटा गाविसहरु लेलेप, तापेथोक, याम्फुदिन र ओलाङचुङगोलालाई २०५४ सालमा पृथ्वीको उपहारको रुपमा घोषणा गरिएदेखि नै यस क्षेत्रको जैविक विविधताको संरक्षण र संरवद्र्धन कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले गरेको थियो भने हालयसको दायित्व स्थानीय समुदायबाट गठित कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गरिरहेको छ ।
अहिले कञ्चनजंघा संरक्षण २५ वटा संरक्षण सामुदायिक वनहरु रहेको छ । ३.५ हेक्टरदेखि २६५०८ हेक्टर क्षेत्रफल सम्मका सामुदायिक वनहरुको कुल क्षेत्रफल ६९,४२६ हेक्टर रहेको छ । यसअघि २६ वटा सामुदायिकवनहरु रहेकोमा फक्ताङलुङ गाउँपालिका—६ को लुङथुङमा रहेको नागथान संरक्षण सामुदायिक वनको जग्गा जिल्ला प्रशासनकार्यालयको नाममा रहेको प्रमाणित भएपछि खारेज गरिएको थियो । हाल रहेको सामुदायिक वनहरुमा फक्ताङलुङ गाउँपालिका—५ मा ६ वटा सामुदायिक वनहरु रहेको छ जसमा पताले संरक्षण सामुदायिक वन(१७२१७ हेक्टर), सातपत्रे महिला रानीवन (९ हेक्टर), कापोलुङ (१४.३ हेक्टर), नाम्फुवा (४७७.४ हेक्टर), निगीजमफुलबारी (११३५.९ हेक्टर), लुकुम्बाफुलबारी (४४२ हेक्टर) रहेको छ ।
त्यस्तै फक्ताङलुङ गाउँपालिका—६ माउजेलीपाखा (१४.३८ हेक्टर), वनपाला (८.३ हेक्टर), गुराँसे (२२.९ हेक्टर), दोरोङ्ग्याबु (६७५ हेक्टर), लुङथुङ(११.९ हेक्टर), दोबाटे(१८७.९ हेक्टर), लप्सीबोटे (३.५ हेक्टर), थाक्पाखोला (१७.७ हेक्टर), लावाजिन (१४६६.७ हेक्टर), बिगबारी (६७५.७ हेक्टर), कुम्भकर्ण(१०५२०), हिउँचुली(४२५ हेक्टर) रहेको छ भने फक्ताङलुङ गाउँपालिका—७ओलाङचुङगोलामा २ वटा सामुदायिक वनहरु रहेका छन् जसमा टिप्तला भञ्ज्याङ(२६५०८ हेक्टर) र ओमीखाङ्गी (५ हेक्टर) रहेको छ । सिरीजंघा—८ याम्फुदिनमा कञ्चनजंघा(४९०० हेक्टर), पाथीभरा(४०७.३१ ह्ेक्टर), तिम्बुङ पोखरी(३१.५), देउराली(५ हेक्टर) रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा रहेको छ । तर यी समुदायिक वनहरुले आम्दानीको स्रोत भने शुन्य जस्तै छ ।
यी २५ वटा सामुदायिक वन क्षेत्र बाहेक पनि सरकारी वनहरु रहेको व्यवस्थापन परिषद्ले जनाएको छ । यी सामुदायिक वनमा समावेश हुननसकेको हिमाली क्षेत्रहरु पनिवन क्षेत्रहरु रहेको पाइएको छ । त्यस्तै निजीवनहरु पनि संरक्षण क्षेत्रमा रहेको छ । लेलेप, तापेथोक र याम्फुदिनमा निजीवनको रुपमा रहेको वनहरुको क्षेत्रफलकति रहेको छ भन्ने तथ्याङ्क छैन भने निजी तथा धार्मिकरुपमा रहेको वनहरु अहिले सम्म परिषद् मादर्ता पनिनभएको परिषद्ले जनाएको छ ।
अहिले यी २५ वटा सामुदायिक वन क्षेत्रको संरक्षण संवद्र्धन र उपयोग पनि स्थानीय समुदायबाट गठित संरक्षण सामुदायिक वन उपभोक्ता समुहबाट भइरहेको छ । परिषद्को गठनको पुर्व सन्ध्यामा गठन हुने यो उपभोक्ता समुहबाट पनि परषद्मा प्रतिनिधित्वहुने व्यवस्था रहेको छ । सामुदायिक वनबाट घरायसी प्रयोजनको लागिप्रयोग हुने काठ, दाउरा, घाँस, जडीबुटी, सोत्तर समुदायले उपयोग गर्ने गरेको छ । यो बाहेकव्यापारिक प्रयोजनको लागि सामुदायिक वनबाट कार्ययोजना अनुसार परिषद्को स्वीकृतीलिएर मात्रवन पैदावारको निकासीगर्नुपर्ने कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत लालीगुराँस उपभोक्ता समितिका अध्यक्ष केसिङ कुमार लिम्बूले बताउनुभयो । उहाँका अनुसार अहिले सामुदायिक वनबाट स्थानीय समुदायले कार्ययोजना अनुसार दैनिक घरायसी प्रयोजनको लागि मात्र वन पैदावारको उपयोग गर्ने गरको छ तर निकट भविष्यमा यस क्षेत्रमा सडक पुगेकाले सामुदायिकवनले आफ्नो कार्ययोजनमा समावेश गरेर सडेको, मक्केको, ढलेको वानिकासीगर्न मिल्ने काठहरु निकासीगरि समितिको सिफारिसमा परषद्को स्व्ीकृत लिएर बेच्नपनि सक्नेछन् ।
लुङथुङ सामुदायिक वनका तत्कालीन अध्यक्ष फुपु शेर्पाका अनुसार सामदायिक वनको कार्ययोजना अनुसार मात्रै यसबाट निकासी हुने वनपैदावारको उपयोग गर्न मिल्छ । विगतमाविभिन्न सामुदायिकवनमा घरायसी काठ संकलनगर्दा उजुरी पनि परेको थियो जसबाट सामुदायिकवनमा सुसाशन कायम गर्न पनि समस्या रहेको छ । परिषद्बाट कर्मचारी र प्राविधिकहरु भनेको समयमा उपलब्ध हुदैन । वनमा प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ तर परिषद्मा प्राविधिक कर्मचारी छैनन् । कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको २ जना रेञ्जरले सबै सामुदायिक वनमा भौगोलिक विकटताका कारण पुगेर सेवा दिन सक्दैनन् ।
वन छ तर आम्दानी लिन नसकेको फक्ताङलुङ—६ अवस्थित टोबाटे सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तारा देवी लिम्बूले भन्नुभयो । लिम्बूका अनुसार यस क्षेत्रका सामुदायिक वनहरुले अहिले सम्म आम्दानी लिन सकेका छैन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतमा सामुदायिक वनहरुमा अक्षकोष जम्मा गरिदिनु भएको छ । त्यसै कोषको ब्याजबाट आएको पैंसाले बैंठक, वन हेरालुलाई पारिश्रमिक दिदैएको लिम्बूले बताउनुभयो । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo