श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

ठाँटीको घाम

असाेज २९ गते २०८०
12:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण


फुङ्लिङ ःः ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रायः विभिन्न कार्यक्रमहरु भइहरन्छ । आइतबार एक कार्यक्रम भयो । तर अन्य कार्यक्रम भन्द फरक थियो । ठाँटीको घाँम उपन्यास विमोचन कार्यक्रम थियो । त्यहाँ साहित्यकारको उपस्थित राम्रो देखिन्थो । जिल्लाका विशिष्ठ व्यक्ती,सहित्यकार,पत्रकार तथा विभिन्न कार्यालयहरुका प्रमुखहरुको राम्रो उपस्थित थियो । साहित्यकार शान्तिराम नेपाल र नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथी समिक्षा गर्न उभिनुभयो ।


समिक्षकले ठाँटीको घाम उपन्याका केस्रा केस्रा केलाउँदै आफ्नो समिक्षा प्रस्तुत गर्न थाल्नुभयो । उपस्थित प्राय बसै शान्त र मन्त्र मुक्त भएर भएर सुनिरहे । गालामा हात राखेर उपन्यासका कथा बगे जस्तै कोही कसैको मनहरु बगीरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थो । समिक्षकले कथामा प्रस्तुत भएको पात्रहरुको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको पल सम्झिन बाध्य बनायो ।


अमिक्षक पत्रकार आनन्द गौतमले उपन्यास समिक्षा गर्दै भन्नुभयो“म दुई दशक देखि पत्रिकारीता गर्दै आएको छु । मैले कलम चलाउँनु भन्दा अघि त्यो कलम र त्यसको मसिले कसैमाथी अन्याय गरिहेको छ की भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ । पत्रकारले कलम चलाउनु अघि प्रयोग गरिने भाषा विषयमा सोच्नुपर्ने पत्रकारलाई सन्देश दिएको छ ।” गौंतमले आफ्नो समिक्षा अगाडी बढाउँनुभयो “जनताको जिउधनको सुरक्षा देखि लिएर अनुसान्धानको जिम्मेवारी लिनुएका प्रहरी प्रमुख ज्युहरुलाई पनि यो किताबले सम्बोधन गरेको छ । प्रहरी निष्पक्ष अनुसन्धान गर्छ की आफ्नो योजना पूर्तीका लागि हैरानी दिन्छ भन्ने भन्ने विषय उठान गरिएको छ ।” किताबमा रहेका कथा बस्तु हाम्रै छरछमे गाउँ घरको यर्थाका घटनाहरुलाई शिलशिलाबध तरिकाले उठान गरेका गौतमले बताउनुभयो ।

“मैले किताब समाउँदै गर्दा र किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एकजना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उस्ले त्यसरी कमाएको पैंसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ ।” गौतमले भन्नुभयो“यो किताबले नेतालाई उच्च सम्मान दिएको छ ।, भिजन र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ । समुदायमा भोट माग्नु अघि देखाउँनु पर्ने चरित्र,समुदायले गर्ने मुल्याङकनका विषयमा प्रष्टयाईएको छ । नेतृत्व समाज प्रति उत्तरदायी भए भोट माग्नु जानु पर्दैन जनताले आफै नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ ।”


एउटा नेतृत्वले आफ्नो क्षेत्रलाई कति सम्म समृद्ध बनाउन सक्छ, त्यहाँका नागरिकलाई कसरी परिचालित गर्न सक्छ र उ लोकप्रिय बन्छ भन्ने कुरा मज्जाले प्रस्तुत भएको यो पुस्तक प्रत्येक नेतृत्वहरुलाई एक पटक पढ्न आवश्यक रहेको समिक्षकहरुले भनाइरहेको छ । न्याय सम्पादनको जिम्मेवारी पाएको स्थानीय तहका उपप्रमुखहरुका लागि ठाँटीको घाम महत्वपूर्ण किताब रहेका समिक्षकहरुको भनाइहेको छ । समाजमा कसरी द्धन्द्ध हुन्छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय बस्तु समेतको सहित्यकार तथा समिक्षक शान्तिराम नेपालले बताउनुभयो ।


अहिले वकिलहरुको व्यापार सम्बन्ध विछेदले चलेको छ । वकिलहरुलाई बेरोजगार बनाउन परिवारमा मिलेर बस्नु पर्ने कथा समेटेको समिक्षक नेपालले बताउनुभयो । यस उपन्यासमा अन्तरजातिय विभेद न्युनिकरण गर्न सकिने उपाहरु समेत प्रस्तु गरिएको समिक्षकहरुको भनाइरहेको छ ।
समिक्षकका अनुसार साहित्यकारले आफ्नो सिर्जना र पात्र मार्फत समाजलाई केही न केही सन्देश दिएको हुन्छ । ठाँटीका घाम पढ्दा किन पढ्ने र पढ्ेर के कुरा सिक्ने भन्ने कुरा निश्चयनै हुन्छ । मेरो पैसाँ त खेरो गएन भन्ने पनि आउँछ । तर यो किताब बढ्न थाले पछि जो कसैले छोड्न मन लाग्दैन । बढी सके पछि हाम्रो समजमा भएको समस्याहरु समाधानका उपाय पाउँनुहुने छ । प्रत्येक व्यत्तिहरुलाई अडि बढ्न प्रेरणा पाउँने छ । समाजलाई समृद्ध बनाउने उपाय पाउँनुहुने छ । प्रत्येक मान्छेले खोजिरहेका खुशी हो । हामी खुशी हुने के गर्नु पर्दछ भन्ने धेरै कुराहरु सिक्न सकिने समिक्षकले औंल्याएका छन् ।


हरेको मन्छै एउटै गाउँमा जन्मिएका हुन्छ । कसैको बढ्ने लत हुन्छ । कोही खेलकुदमा अब्बल हुन्छन् । बदमासी पनि त्यही गाउँमा जन्मिएका हुन्छ । चाहे जो कसैले जाने र या नजाने कुनै न कुनै गल्ती कम्जोरी गरेको हुन्छ, तर त्यसलाई सच्याएर आफ् अघि बढ्नु ठाँटीको घमले सन्देश दिएको समिक्षकहरुले निषर्कस निकालेको छ ।
साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । दसैँको घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमकाबीच उक्त उपन्यासको सार्वजनिक गरिएको हो । हाल काठमाडौंको बुढानिलाकण्ठ निवासी साहित्यकार एवम् उपन्यासकार भट्टराईको ठाँठीको घाम नामक उपन्यास तेस्रो कृतिको रुपमा प्रकाशित भएको हो ।


ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका साहित्यकार भट्टराईले कर्मथलो (कार्यरतस्थल) रहेको क्षेत्रमा नै आफ्नो कृति उपन्यास सार्वजनिक गर्ने योजना बनाएर मुद्रणको कार्यलाई तीब्रता दिनुभएको थियो । आफ्नो योजनाअनुसार छोटो समयभित्रै कृति मुद्रणको कार्य सम्पन्न गरी हालको कर्मथलो ताप्लेजुङमै उपन्यासको सार्वजनिक गर्न सफल भएको पनि उपन्यासकार भट्टराईले बताउनुभयो । उहाँले प्रकाशित कृति ‘ठाँटीको घाम’ उपन्यासका विषयमा ताप्लेजुङबासीको तर्फबाट प्राप्त गरेको सकारात्मक सुझाव, हौसला र प्रसंसाप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।


ठाँटीको घाम उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएका छन् भने उपन्यास २४५ पृष्ठको रहेको छ । ठाँटीको घाम उपन्यास रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो भने आवरण÷लेआउट सोलुसन ग्राफिक्स डिजाइनले गरेको छ । भट्टराईका यसअघि पहिलो कृतिको रुपमा ‘साँझमा पारिलो तारा–२०६७’ कविता सङ्ग्रह र दोस्रो कृति ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भएका छन् । उपन्यास सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लामा, नगरप्रमुख मादेन लगायतले साहित्यकार भट्टराईलाई बधाई दिँदै साहित्य लेखनमा निरन्तरताका लागि शुभकामनासमेत दिएका छन् ।


समिक्षकहरुले आ—आफ्नो समिक्षा सकाए पछि धेरैले आ—आफ्नो विचार राख्नुभएको थियो । कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भन्नुभयो“यस किताबले समाजमा धेरै कुरा सिएको छ । समाजलाई मार्गदर्शन गर्न धेरै कुरा उठाएका छन् । ठाँटीको घाँम किताब मनदन पुरस्कारको लागि दावी गर्न योग्य पनि छ ।” लेखक टंक भट्टराईले भन्नुभयो“यस कथा बस्तु र पात्रहरु मेरै गाउँ तिरका छन् । केही मेरो बुबाका साथीहरु समेत कथा बस्तुमा पात्रको रुपमा उभिएका छन् ।” गाउँ घरमा भएको समस्याहरु त्यसको समाधन केन्द्र रहेर किताब तयारी गरेको लेखक भट्टराईले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo