ताप्लेजुङः मौसम खुलेसंगै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पर्यटकहरुको आगमन सुरुभएको छ । पर्यटकहरुको आगमन सुरुभएसंगै े कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
विश्वको तेस्रो कञ्चनजंघा हिमाल प्रवेशद्धार घुन्सा बस्तिहरुमा पर्यटकहरुको चलहलपहल बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो । बाह्य पर्यटकहरुले घुन्सा चेक पोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकहरुले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन । घुन्सा चेक पोष्टका तथ्याङक अनुसार असोज यता अमेरिका,क्यानडा,कोरिया,जापान,फ्रान्स,जमर्नी,अस्टेलिया लगायतका देशबाट १०४ जना बाह्य पर्यटकहरु कञ्चनजंघा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । अजोस,कात्तिक र मंसिर गरि तीन महिना यस क्षेत्रमा पर्यटकहरु आउने गर्दछन् । विश्वको अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकहरुको चहलपहल सुरुभएसंगै पर्यटन व्यावसायि उत्साहित भएको शेर्पाले बताउनुभयो । मौसम खुलेपछि कञ्चनजंघा हिमश्रृखला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने सिजन सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनु पूर्व वाह्य र आन्तरिक पर्यटकको संख्यामा हरेक बर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोना कालका केही वर्ष पछि यो सिजनमा ठुलो संख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पयटन व्यावसायी पेमा शेर्पाले बताउनुभयो ।
विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघासँगै अन्य हिमश्रृंखला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्यहुँदा हुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजंघा अबको महत्पूर्ण गन्तव्य हुने देखिन्छ ।‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोना पछि यो पल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ’ घुन्साका पर्यटन व्यवसायी धर्के (दिपक) शेर्पाले भन्नुयो “करिब १८–१९ दिनमा सर्किटनै पुरा गर्न सकिन्छ । घुम्ने अत्याधिक ठाँउहरु भएकाले यहाँ आउने पर्यटकहरु निक्कै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।”
पदयात्राका लागि यो क्षेत्र निक्कै महत्पूर्ण र रोचक रहेको छ । कञ्चनजंघाका उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ् हिमाल यहाँको अत्यान्त महत्पूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली सस्कृतीमा रमाउनका लागि महत्वपूर्ण छ । ‘कञ्चनजंघासहित हिमाल, यहाँको हावापानि, ताल, पोखरी, हिमाली जनजिवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकहरुलाई लक्षित गरेर पदर्मागलाई व्यवस्थित गरिएको छ । होटल, टिहाउस भएकाले कञ्चनजंघा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीहरुको भनाइरहेको छ । यस क्षेत्रमा सडक निक्कै टाढा भएकाले टे«किङ गर्न उपयुक्त छ । विदेशीहरुले यहि भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकहरुको वृद्धि हुने अपेक्षा कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषदले राखेको छ ।
बस्नका लागि होटल सुविधा रहेको छ । आन्तरिक पर्यटकहरुका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाईड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटक पटक पुगेका उहाँ धेरै सम्भावना भएपनि केहि ओझेलमा यो क्षेत्र रहेको छ ।
कञ्चनजंघा क्षेत्रमा तर्फ उत्तरी र दक्षिणी बेस क्याम्प रहेका छन् । उत्तर तर्फ र दक्षिण तर्फमात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन् । ८ हजार ५८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाईलो, उत्सासप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । यहि पास गरेर दुबै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिण तर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुबैवटा बेसक्याम्प उत्तिकै आर्कषक छन् । उत्तर तर्फ लिम्बू समुदायको पवित्र धार्मिक स्थलको रुपमा मानेको फक्ताङलुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निक्कै आर्कषक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।
काठमाडौँदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजंघा हिमालका साथमा अन्य हिमश्रृंखला रहेका छन् । कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु रहेका छन् । साझमा ठाँउ ठाँउमा हिमाल पोखरीमा टल्किन्छ । कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । विहानदेखि साझसम्मका हिमालका वद्िलरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरी हिमाली सस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौंरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभुमि बनाएर चौंरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन् ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
