देबेन्द्र बानिया/ताप्लेजुङ
बुधबार नौं औं संविधान दिवस ताप्लेजुङ सहित देश भर मनाइएको छ।संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन व्यवस्था सहित संविधान निर्माण भएको आज आठ वर्ष पूरा भएको छ। २०७२ साल असोज ३ गते संविधान सभा बाट नयाँ संविधान घोषणा भएको सम्झनामा आज देश भर विभित कार्यक्रम आयोजना गर्दै मनाइएको छ।
२०७२ असोज ३ मा दोस्रो संविधान सभाले संविधान जारी गरेको थियो।तर संविधान भने अझै पनि सर्व स्वीकार्य बन्न सकेको छैन। सुरु बाट नै संविधान विकेक कारी भएको भन्दै आदिवासी जनजाति लगायत साना राजनैतिक दल हरुले संविधान घोषणा माथि अझै पनि असन्तुष्टि जनाउँदै आएका छन्।संविधानका कतिपय प्रावधान संशोधन गर्नु पर्ने फक्ताङ्लुङ गाउँपालिकाका सुहान हेल्लोक बताउनु हुन्छ। विस् स २००७ साल देखि नेपाली जनताको इच्छा २०७२ सालमा आएर मात्र पूरा भयो । करिब ६५ वर्षको अवधिमा विभिन्न आन्दोलन, र सयौ मानिसको जीवन दान बाट बनेको संविधान अझै नेपाली जनताको लागि भरपर्दो नभएको हेल्लोक बताउनु हुन्छ ।
२०७२ सालको संविधानको महत्त्वपूर्ण विषय भनेकै संघीयता हो।यो संविधान सभाले नेपाललाई संघीय ,प्रदेश , स्थानिय गरी तीन तहको सरकार गठन भयो। जनताले चुनेर पठाएका प्रतिनिधिले संघीय लोकतान्त्रिक गणतन्त्र जारी भए पछि तीन तहका सरकारले दोस्रो कार्यकालमा गएर काम गरी रहेका छन्।तर दोखुका सरिता सुनुवार तीन तहका सरकारले जनताको पक्षमा काम नगरेको बताउनु हुन्छ,जनताका समस्या शिक्षा स्वास्थ्य,रोजकारी हो यो संविधान जारी भएको आठ वर्ष पूरा हुँदा समेत तिनै तहका सरकारले जनताको पक्षमा आवाज उठाउन नसकेको उहाँको गुनासो छ।
नयाँ राजनैतिक व्यवस्था कर्यन्न संघै देश बिकाशको गतिमा अघि बढ्ने र समृद्धि हासिल गनी रणनैतिक प्रतिबद्धताले नागरिकमा उसाहित थियो । संविधान जारी भएको आठ वर्ष पूरा हुँदा पनि कर्यन्नमा समस्या आएको हो ।यसले संविधान विध, र संविधान जारी गर्ने हरुनै असन्तुष्टि रहेको नेकपा एमालेका नेता गोपाल बराल बताउनु हुन्छ। संविधान अनुसार नागरिकले प्रताभुटी लिन नसकेको उनी बताउनु हुन्छ।
संविधानले दिएको दाइत्व पूरा गर्नु पर्ने दलहरु नै सरकारको खिच्चा दानीमै रमाई रहेका छन्।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
