श्रावण १० गते २०८३
07:46: AM
श्रावण १० गते २०८३
07:46: AM

श्रृगारिदै फुङफुङगे झर्ना

भाद्र १६ गते २०८०
7:43 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङः फुङ्फुङगे झर्ना आफ्ैमा प्राकृतक सौन्दरता भएको झर्ना हो । झर्नालाइ अझ आर्कषित र सुन्दरता ल्याउँनका लागि संघिय सरकारले फुङ्फुङगे झर्ना श्रृगार कार्यक्रम अगाडि बढाएको छ ।
भरिपूर्ण फुङ्फुङगे झर्ना ताप्लेजुङ जिल्लाको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीन तहका सरकारले विग देखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वधारहरु निर्माण गर्दै आएका छ । झर्नालाई सौन्दररिकरण गर्नका लागि चालु आर्थिक वर्षमा संघिय सरकारबाट एक करोड बजे विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताउनुभयो ।


फुङफुङगे झर्नाको आज । डाँडाकाडा हरियाली बनजंगल । मनै लोभ्याउने ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङफुङे झरना । ३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामाकरण फुङफुङगे भएको हुनुपर्दछ ।
ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङगे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा फुङफुङगे झरनालाई पनि एक हो ।
झर्नाको प्रचार प्रसार भएसंगै दैनिक झर्ना अवलोकन गर्न आउँने पर्यटकहरुको संख्या पनि बढ्दै गएको स्थानीयबासीको भनाइ छ । अहिले झर्ना सम्म सडक पुगेकाले पनि झर्ना अवलोकन गर्ने पर्यटकहरुको संख्या बढ्दै गएको हो । पर्यटकहरुको चहल पहल हुन थालेसंगै झर्ना अवलोकन गर्न आउने पर्यकहरुलाई लक्षित गरेर होटलहरु सञ्चालनमा आउँनथालेका छन् ।

सडक पुगेकाले झर्ना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुदै गएको छ । स्थनीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर राम्रो आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका—४ का स्थानीय तथा होमस्टे सञ्चालक विजय साँबाले बताउनुभयो ।
केहि वर्ष अगाडी झर्नामा आउने पर्यटकहरुका लागि खाने बस्नेको ठाउन थिएन तर झर्ना नजिकै सडक पुगेसंगै बजार विस्तार हुन थालेको साँबाले बताउनुभयो । बजार विस्तार भएसंगै किसानहरुले उत्पादन गरेको स्थानीय उत्पादानले पनि राम्रो बजार पाउँन थालेको छ । झर्ना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापन हुनुलाई पनि झर्नाको थप प्रचार प्रसार सहयोेग पुगेसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको हो ।


धार्मिक तथा सांस्कृतिक महत्व
झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभै पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतिक मानेर झरनाको फेदी नजिकै फुङफुङे देवीको पुजास्थल पनि राखिएको छ । यहाँ देबीको पुजा गर्न भक्तजनहरु जाने गर्दछन । झर्नाको अवलोकन गर्ने पर्यटकहरुलाई झर्नाको फेदीमा रहेको देबीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।


पर्यटकीय सम्भावना
भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरिएको छ ।
पर्यटन प्रर्वद्धनका हिसावले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा जाने सडकको कालोपत्रे लगायतका भौतिक पुर्वाधारको निमार्ण सँगै प्रचार–प्रसारमा सबै सरोकारवालाले ध्यान दिन सके वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo