असार ३१ गते २०८३
06:32: PM
असार ३१ गते २०८३
06:32: PM

ताप्लेजुङको तेम्बा बजारमा चार घर जलेर नष्ट, करिब एक करोड भन्दा बढी क्षति

मंसिर ३ गते २०८२
7:50 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवाको तेम्बा बजारमा मंगलबार राति लागेको आगलागीले चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागी राति करिब ११ बजेतिर सुरु भएको गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले जानकारी दिनुभयो।

आगलागीले स्थानीय इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूका घर जलेर नष्ट भएको छ। ती घरहरूमा सञ्चालन भइरहेका होटल तथा विभिन्न प्रकारका पसल पनि आगोँले पूर्णरूपमा नष्ट पारेको उपाध्यक्ष शेर्पाले बताए।

फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष तथा स्थानीय विजय साँवाका अनुसार मध्यरातिमा आगलागी सुरु भएकाले घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानदेखि नगदसम्म केही पनि बचाउन नसकिएको हो।
“मध्यरातिकै समय भएकाले एकसरो लत्ताकपडासमेत निकाल्न नपाइने अवस्था रह्यो,” उहाँले सुनाउनुभयो।

विजय साँवाका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। विशेषगरी अलैँची संकलन गरेर राखिएको घर जलेका कारण क्षति बढेको उहाँको भनाइ छ।

भाग्यवश, आगलागीमा मानवीय क्षति भने नभएको गाउँपालिका उपाध्यक्ष शेर्पाले बताए। आगलागीको कारण नखुलेकाले विस्तृत अनुसन्धान तथा क्षतिको विवरण संकलनको काम बुधबार बिहानदेखि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo