किराँत धर्मका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङ सहित लिम्बू समुदाय बसोबास गर्ने जिल्लाहरुमा भव्यरुपमा मनाइएको छ । ताप्लेजुङका सदरमुकाममा महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती मङ्गलबार भव्यरूपमा मनाइएको हो ।
किराँतीको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लिङमा महागुरु लिङ्देनको जन्मजयन्ती मनाइएको हो । फुङ्लिङ बजारमा धार्मिक तथा शान्ति ¥यालीसहित विविध कार्यक्रम गरी लिङ्देनको जन्मजयन्ती मनाइएको किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिनुभयो ।
अध्यक्ष पालुङ्वाका अनुसार केःलाङ (च्याब्रुङ नाच) लगायतका संस्कृति प्रदर्शनसहित भौलिक भेषभूषा र पहिरनका साथ बृहत् शान्ति तथा धार्मिक ¥यालीले फुङ्लिङ बजार परिक्रमा गरिएको छ । ¥यालीद्वारा बजार परिक्रमापछि बिहीबारे टोलमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा लिङ्देनको जन्मजयन्ती विशेष औपचारिक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा केःलाङ, याःलाङ (धान नाच), येवा लाङ (बिजुवा नाच) सहितका सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ । यस्तै कार्यक्रममा महागुरु तथा राष्ट्रिय विभूति लिङ्देनले समाज सुधार लगायतका कार्यमा पु¥याएको योगदानबारे वक्ताले चर्चा गर्नुभएको थियो। जयन्ती कार्यक्रममा फुङ्लिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक लगायतको उपस्थिति रहेको थियो ।
यता महागुरु लिङ्देनको जन्मजयन्तीको अवसरमा सोमबारदेखि नै किराँत धर्मावलम्बीले बिहीबारे माङ्हिममा मौलिक संस्कृतिअन्तर्गत गाली सराप बहन्ती, माङसावा सेवा, पूजापाठ लगायतका गतिविधि गरेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ ।
राष्ट्रिय विभूति तथा किराँत महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका कार्यमा पु¥याएको योगदानको मूल्याङ्कन गरी सरकारले २०६६ मङ्सिरमा लिङ्देनलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । ….
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
